२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अन्नप्राशनमा मामाले भाञ्जीलाइ दिए दक्षिणास्वरुप बिमालेख उपहार

अन्नप्राशनमा मामाले भाञ्जीलाइ दिए दक्षिणास्वरुप बिमालेख उपहार

काठमाडौं । भाञ्जीको अन्नप्राशन (भात खुवाई) कार्यक्रमको अवसरमा मामाले भान्जीलाई जीवन बीमा पोलिसी (बीमालेख) उपहार दिएका छन् ।

दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी घर भई हाल काठमाडौंमा बसोबास गरिरहेका मामाद्वय ज्योति जीसी र जीवन जीसी तथा माइजु रोजिना बुढाथोकीले भाञ्जी श्रीयान्शी खड्कालाई दक्षिणास्वरुप हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख प्रदान गरेका हुन् ।

श्रीयान्शीका मामाहरू र माइजुले पाँच लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख उनलाई दिएका हुन् । बीमाले जीवनको जोखिम बहन गर्नाका साथै बचतको बानीको समेत विकास गर्ने भएकाले दक्षिणामा नगद र जिन्सीको सट्टा बीमालेख दिएको ज्योति जीसीले बताए ।

‘पहिला–पहिला धेरै अभिकर्ताहरूले मलाई बीमा बुझाउने प्रयत्न गर्नुभयो, त्यसबेला मैले बुझ्ने प्रयास नै गरिनँ । तर, जब मैले बुझेँ बीमा गर्नबाट मलाई धेरै ढिला भइसकेको अनुभूति भयो’, श्रीयान्शीका जेठो मामा ज्योति जीसीले भने, ‘अहिले मैले आफ्नो परिवारका अधिकांश सदस्यको बीमा गरेको छु । यसले हाम्रो परिवारको आर्थिक जोखिमलाई सुरक्षा प्रदान गरेको छ भने अभाव र अपुगकै बीचबाट केही रकम बचत समेत हुन थालेको छ । आफ्ना आफन्तीहरूमा पनि बचत गर्ने बानीको विकास होस् र भविष्यमा आइपर्ने भवितव्यमा आंशिक रूपमा भएपनि आर्थिक सुरक्षा होस् भन्ने उद्धेश्यले आफूले पछिल्लो समय दक्षिणाको सट्टामा जीवन बीमा उपहार दिन थालेको उनले बताए । ‘दक्षिणामा हामीले कसैलाई पनि दिने रकम धेरै हुँदैन । बीमालेख दक्षिणाका रुपमा दिँदा अवश्य पनि धेरै पैसा खर्च हुन्छ, खर्च भए पनि त्यसले आफन्तीहरूको परिवारमा ठूलो महत्व राख्छ । उहाँहरूमा पनि जबरजस्त बचतको बानी विकास हुन्छ र आर्थिक रुपमा बलियो बन्दै जानुहुनेछ । त्यसले भविष्यमा तुलना गर्न नसकिने खुसी प्रदान गर्दछ उहाँहरू र मलाई पनि ।’

उनले पहिला पनि आफ्नी भाञ्जी आन्शी थापालाई बीमालेख दिएको स्मरण गर्दै भने, ‘मैले पहिला पनि अर्की भाञ्जीलाई मावलीको तर्फबाट बीमालेख दिएको थिएँ । त्यसले जस्तो अवस्था छ त्यस्तैबाट बचत गर्नुपर्छ भन्ने कुराले मेरा बहिनी–ज्वाइँलाई उत्साहित बनाएको पाएको छु । उहाँहरूले जति कमाई गरिरहनुभएको छ त्यसैबाट बीमाको प्रिमियम पनि तिरिरहनुभएको छ । फलस्वरुप जीवन सुरक्षाका साथै बचत हुँदै गएकोमा उहाँहरू खुसी हुनुभएको मैले पाएको छु ।’ जीसीले पोलिसी जारी गर्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको गोकर्ण÷जोरपाटी कार्यालयका शाखा प्रमुख गणेश लामिछाने र सम्बन्धित अभिकर्ता अनिता निरौलाप्रति समेत आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij