
विश्व जुन किसिमले बदलिँदै गएको छ, सोही किसिमले बदलिने क्रममा विगतमा असम्भव लाग्ने कामहरु समेत अहिले सबैको लागि सम्भव हुँदै गएका छन् । विगतमा जुन कार्य हाम्रो लागि अनौठो र रहस्यमय लाग्थे किनकि सबै ज्ञान आम मानिसको पहुँचमा थिएनन् । तर अहिले आफूलाई सिक्न र बदल्न चाहने व्यक्तिहरुको लागि सबै किसिमका ज्ञान खुल्ला भइसकेका छन् । यसको लागि हामीले ती ज्ञान हासिल गर्न आफ्नो मष्तिष्कलाई खुल्ला राख्न सक्नुपर्छ ।
भनिन्छ, विश्वमा आम ९५ प्रतिशत व्यक्तिसँग जति सम्पत्ति छ, त्यो बराबरको सम्पत्ति बाँकी केवल ५ प्रतिशत मानिससँग छ । तिनै ५ प्रतिशत मानिसहरुले बाँकी ९५ प्रतिशत मानिसहरुलाई आफ्नो चाहना अनुसार नचाईरहेका छन् । आखिर यस्तो कसरी सम्भव हुन्छ ?
अहिले पनि अधिकांश मानिसहरुको लागि प्रयाप्त सम्पत्ति आर्जन रहस्यको विषय हुने गर्दछ । साधारण आर्थिक हैसियतको परिवारमा जन्मिएर अरबौंको सम्पत्ति हासिल गरेका केही थोरै व्यक्तिहरु हाम्रो समाजमा पनि भेटिन्छन् । जसलाई हामी अधिकांश भाग्य चम्किएको अर्थमा बुझेका हुन सक्छौं । त्यसैकारण अधिकांश अन्य व्यक्तिहरु छोटो अवधिमा प्रशस्त सम्पत्ति आर्जनको लागि सर्टकर्ट विधिहरुको खोजीमा जुट्छाैं ।

जस अन्तरगत कोही चिठ्ठा, लक्की ड्र कार्यक्रममा सहभागि हुन्छौं, कोही भ्रामक प्रचारप्रसारमूलक गतिविधिमा संलग्न हुन्छौं । कोही जुवातास, शेयर बजार, नेटवर्क मार्केटिङ, क्रिप्टोकरेन्सी लगायतमा सहभागि होऔंला । र पनि चाहे अनुसार सम्पत्ति उपार्जन गर्न सक्दैनौं । किनकि व्यावसायिक सफलता प्राप्तिको आफ्नै तरिका छ, हामी त्यस तरिका–प्याटर्न अवलम्बन नगरी व्यावसायिक रुपमा सफल बन्न सक्दैनौं ।
त्यसो हो भने सेल्फमेड (स्वनिर्मित करोडपति)हरु कसरी त्यहाँ पुग्न सके त ? एउटै परिवारमा जन्मिएका, एउटै परिवेश र शिक्षादिक्षामा हुर्केर पनि जो सफल भएका छन्, उनीहरुको अध्ययन गर्दा यी गुणहरु समान जस्तै देखिन्छन् ।
हामी सफलताको त्यही उचाई सम्म उक्लिन सक्छौं, जहाँ सम्म उक्लिनको लागि हामीले आफ्नो मष्तिष्कीय दायरालाई फराकिलो बनाउन सकेका छौं ।
यी हुन् सफल उद्योगपतिहरुका साझा गुणहरु
व्यावसायिक सफलताको लागि यी गुणहरु अहिलेको समयमा आधारभूत भइसकेका छन् । यी गुणहरु पालना गरिरहँदा पनि कुन उद्धेश्यबाट प्रेरित भएर हामी व्यवसायमा संलग्न छौं । हाम्रो अल्पकालिन आवश्यकता के हो ? दीर्घकालिन लक्ष्य के हो ? आफ्ना उत्पादनहरुमा के पृथकता ल्याउन सकिएको छ ?
प्रतिष्पर्धाको सामना हामीले कसरी गरेका छौं । बजारीकरणको लागि हामीले कस्ता रणनीतिहरु अवलम्बन गरेका छौं । बजार सञ्जाल कस्तो छ ? सेवाग्र्राहीसँग कसरी व्यवहार गरिरहेका छौं । आफ्ना कर्मचारीलाई के–कति तालिम प्रदान गर्न सकेका छौं ? भन्ने लगायतका थुप्रै कुराहरु व्यावसायिक सफलताको लागि निर्भर रहन्छन् । प्रविधिको उपयोग, एआईको प्रयोग, प्रविधि अटोमेसन (सोसल मिडिया, इमेल लगायत) पनि त्यत्ति आवश्यक बनिसकेको अवस्था छ ।
अहिलेको अवस्थामा लगानी मात्रै व्यावसायिक सफलताको मुख्य आधार हो भन्न मिल्दैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij