२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

तराईमा पाँच दिनसम्म तातो हावाको जोखिम

तराईमा पाँच दिनसम्म तातो हावाको जोखिम

काठमाडौं । तराईका कयौं जिल्लामा कम्तिमा पाँच दिन अत्यधिक गर्मी र तातो हावाको जोखिम देखिएको छ।

जल तथा मौसक विज्ञान विभागले शनिबार विशेष बुलेटिन निकालेर वैशाख १६ देखि २१ गतेसम्म पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने चेतावनी दिएको छ। यद्यपि, देशको दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ।

भित्री मधेश तथा पूर्वी नेपालको दक्षिणी भागका जिल्लामा पनि अत्यधिक गर्मी हुने भन्दै सचेतता अपनाउन विभागले अनुरोध गरेको छ। विभागले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिसकिएको जनाएको छ।

यो वर्ष पानी नपरेका कारण अत्यधिक गर्मी शुरू भइसकेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नदेखिने, हलुका र सुतीका लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ।

अत्यधिक गर्मीका कारण देशैभरि डढेलो पनि फैलिएको छ। नेपाल सरकारको विपद् पोर्टलका अनुसार गत एक सातामा देशका एक हजारभन्दा बढी स्थानमा डढेलो लागेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij