
कुमार नेपालीको जन्म वि.सं. २०३७ सालमा भएको हो । साधारण परिवारमा जन्मिएका व्यक्ति हुन् उनी । सन् २००४ सालमा कुवेत गएर सन् २००९ मा उनी नेपाल फर्के । कुवेतमा पाँचवर्षसम्म रहँदा उनले त्यहाँ निकै संघर्ष गर्नुप¥यो । त्यसपछि आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने योजनासहित नेपाल आए उनी । साधारण अध्ययन गाउँकै विद्यालयबाट गरेपछि १३ वर्षको उमेरमा नै भागेर काठमाडौं आए । केही समय पढाई रोकियो । पछि पढाई अघी बढाएपनि धेरै अघी बढ्न सकेन । उनले श्रममा आधारित घरायसी काममा लामो समय व्यतीत गरे । कामको खोजीमा नेपालका थुप्रै जिल्लाहरु चहारे । तैपनि सन्तुष्ट हुन सकेका थिएनन् । जिरीको प्राविधिक शिक्षालयबाट इलेक्ट्रोनिक्स तालिम लिएपश्चात् गाउँबाट नै केही समय सम्बन्धित कामको पसल स्थापना गरे । पसल ३ बर्ष चलाए । त्यसले पनि उनी सन्तुष्ट हुन सकेनन् ।
द्वन्द्वकाल चलेपछि त झन्नेपालमा व्यापार व्यवसाय गर्न सक्ने अवस्था समेत रहेन । त्यस समयमा २ ओटा मध्ये एउटा विकल्प छनौट गर्नुपथ्र्यो । कि त माओवादीमा लागेर युद्धमा हिँड्नुपथ्र्यो कि त विदेशको बाटो तताउनुपथ्र्यो । उनले वैदेशिक रोजगारीमा जानुपर्ने आवश्यकता महसुस भयो । त्यसकारण सन् २००४ मा उनी कुवेत गए । ५ बर्ष रोजगारीको लागि कुवेतमा बिताएपछि नेपाल फर्किए उनी । कुवेतमा रहँदा उनी कामदारको रुपमा कार्यरत थिए उनी । विदेशमा रहँदा केही समय उनी अपरेटरको रुपमा कार्यरत रहे । आफूले पहिले नै सिकेको इलेक्ट्रोलिक्स व्यवसायलाई फुर्सदको समयमा त्यहाँ पनि अपनाए उनले । कुवेतको बसाईले धेरै कुरा सिकायो । समयको महत्व बुझायो । परिश्रमको महत्व बुझायो । विदेशमा जति काम गरिन्छ, त्यति काम नेपालमा नै गर्न सक्ने हो भने नेपालमा राम्रो आर्थिक उपार्जन गर्न सकिँदोरहेछ भन्ने कुरा सिक्ने अवसर पाए ।
नेपाल फर्किएपछि वि.सं २०६६ मा १ लाख ६० हजार लगानीमा एउटा पसल किने उनले । अब उनी व्यवसायमा जम्दै थिए । २०६५–६६ मा पुग्दा व्यवसायमा मन्दी छायो । त्यसपछि उनी व्यवसायलाई नयाँ तवरले अघी बढाउनुपर्छ भन्ने मान्यतामा पुगे । चीनबाट आयात हुने मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानहरु बिक्री गर्न शुरु गरे । व्यवसाय राम्रो हुँदै गयो । दैनिक रुपमा नै १०–१५ हजार भन्दा माथि मुनाफा रहने अवस्था पनि बन्यो । त्यसले उनलाई थप हौसला मिल्दै गयो । व्यवसायलाई बिस्तार गर्दै लगे ।

काठमाडौं प्रवेश गर्दा अत्यन्तै साधारण अवस्थाबाट आएका उनी कमाई राम्रो हुँदै जाँदा निकै फुरुङ्ग थिए । आफू गाउँबाट आउँदा ८० रुपियाँ लिएर काठमाडौं आएको सम्झन्छन् उनी । पहिलो पटक काठमाडौं आउने समयमा जिरीबाट काठमाडौं सम्मको भाडा नै ७० रुपियाँ लाग्थ्यो । बाँकी रकम चिया पिउँदा नै सिद्धियो । आफूसँग केही पनि थिएन । जसले गर्दा उनको काठमाडौंको बसाई निकै नै सङ्घर्षमय हुन पुग्यो । जे होस्, काठमाडौं आउने बित्तिकै उनलाई काम मिलिहाल्यो । इलेक्ट्रोनिक्स पसलमा काम पाइहाले । आफ्नो सानै देखिको रुचिको क्षेत्र पनि थियो इलेक्ट्रोनिक्स सम्बन्धी काम । अहिले पनि उनले त्यही कामलाई नै आफ्नो व्यवसायको रुपमा अँगाल्दै आएका छन् । व्यवसाय राम्रो हुँदै जाने क्रममा उनले पछि घरजग्गाको कारोबारमा पनि हात हाले ।
व्यावसायिक अनुभव
अत्तरखेलबाट उनले इलेक्ट्रोनिक्स व्यवसाय शुरुवात गरेका हुन् । उक्त व्यवसायमा प्रतिष्पर्धा निकै कम थियो त्यसबेला । दैनिक कारोबार नै ३–४ लाख सम्म पुग्थ्यो । त्यसबेलाको तुलनामा अहिले व्यवसाय निकै नै घटेको छ । घरपरिवार र श्रीमतीको सहयोगबाट उनले आफूलाई माथि उठाउन सकेका हुन् । पसल सञ्चालन केही परिश्रममूलक अवश्य थियो । तैपनि व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिले अन्य व्यक्तिहरु संलग्न भइनसकेको अर्थात कम प्रतिष्पर्धा रहेको र बजारमा राम्रो माग रहेको व्यवसाय शुरुवात गर्नुपर्दोरहेछ भन्ने उनले सिके । व्यवसायको शुरुवात १ लाख ६० हजार पसल किन्नको लागि खर्च भएभन्दा बढी केही पनि भएको थिएन ।

अहिले पनि उनले सृजना इलेक्ट्रोनिक्स शप सञ्चालन गर्दै आएका छन् । व्यवसायको कारोबार केही घटेपनि आफ्नो विगतको पृष्ठभूमिको आधारमा हेर्दा राम्रै छ । व्यवसाय सञ्चालन गरेको करिब डेढ दशक भइसक्यो । सृजना इलेक्ट्रोनिक्क शप जोरपाटीको अत्तरखेलमा सञ्चालनमा छ । शुरुवाती पनि त्यही ठाउँबाट गरिएको हो । हाल उक्त पसलमा टिभी, फ्रिज, वासिङ मेसिन, घडी, मोबाइल, कभर लगायतका सबै किसिमका इलेक्ट्रोनिक्स सामानहरु उक्त पसलमा उपलब्ध छन् । काठमाडौंबाट व्यवसाय गरिरहेका उनले नेपालका उपत्यका बाहिरका मुख्य शहरी क्षेत्रहरुमा सामान उपलब्ध समेत गराउँदै आएका छन् । यस व्यवसायमा हाल ६ जना व्यक्तिहरु कार्यरत छन् ।
अहिलेको व्यवसाय
अहिले नेपालको व्यापार व्यवसायमा केही मन्दी चलेको छ । जसले गर्दा चाहेर पनि लगानी थप्न नसक्ने स्थिति छ । हाल सृजना इलेक्ट्रोनिक्समा २ करोड भन्दा माथिको लगानी गरिसकेका उनी समयले साथ दिएको खण्डमा उत्पादन तर्फ केन्द्रित हुन चाहन्छन् । राज्यले उत्पादनमूलक नीति लिन सकेको खण्डमा नेपालमा १ सय भन्दा बढी व्यक्तिलाई रोजगारी दिन सक्ने गरी उत्पादनमूलक उद्योग सञ्चालन गर्ने आफ्नो रहर सुनाउँछन् उनी ।
मन्दीको कारण
नेपाललाई अहिले आर्थिक मन्दी आउनुमा कोरोनाले ठूलो असर पारेको छ भन्ने उनलाई लाग्छ । नेपाल उत्पादनमूलक नभई आयातमा आधारित उपभोगमुखी मुलुकको रुपमा चिनिन्छ । त्यसकारण नेपालमा यहीँ उत्पादन हुन सम्भव हुने वस्तु समेत यहाँ उत्पादन नगरी आयातको लागि हामीले ठूलो रकम बाहिर पठाउनुप¥यो । नेपालमा अहिले सम्म राज्यले यहीँ उत्पादनलाई बढाउने बारे सोच्न नसक्नु दुखद पक्ष हो ।

नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि यहाँ नै लगानी गर्न सक्ने उपयुक्त वातावरण निर्माण गर्न सक्नुपर्छ । राज्यले लगानी सुरक्षित हुने वातावरण निर्माण गर्न सकेको खण्डमा एकजना व्यक्तिले गरेको लगानीबाट सय–डेढ सय व्यक्तिलाई रोजगारी सृजना गर्न सक्ने थुप्रै व्यक्तिहरु उद्योगमा आउन तयार छन् । तथापि नेपालको अहिलेको अवस्थालाई विचार गर्दा यहाँ उद्योग सञ्चालन गर्न कोही पनि उत्साहित छैनन् । व्यवसायीले अर्थतन्त्र राम्रो भएको समयमा लगानी बिस्तार गर्न चाहन्छ, व्यवसायमा केही जोखिम जहिले पनि रहने भएपनि जोखिमको दर के–कस्तो छ भन्ने विचार गरेर मात्र उद्योगी व्यवसायीले लगानी विस्तार गर्नुपर्ने धारणा राख्छन् उनी ।
ट्रेण्डमा नभई उत्पादनमा केन्द्रित होऔं
अहिले मैले सञ्चालन गर्दै आएको इलेक्ट्रोनिक्स व्यवसाय टे«डमा आधारित छ । ट्रेडले ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्दैन । व्यवसायीलाई व्यापारमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ । पसल र व्यवसाय सञ्चालन गर्दा पसल–फर्म सञ्चालनको लागि गरेको सेटअप नै व्यवसायीको मुख्य लगानीको रुपमा रहन्छ । कुनै कारणले व्यवसाय राम्रो हुन सकेन भने पनि व्यवसायलाई सजिलै छोड्न सक्ने स्थिति रहन्छ । जबकि उद्योग सञ्चालन गर्ने व्यक्तिले दिगो योजना सोचेर व्यवसाय सञ्चालन गरेको हुन्छ । राज्यले जग्गा, कर्मचारी, कर लगायतमा सहजीकरण नगरी उत्पादन कार्यमा संलग्न हुन सकिँदैन । व्यापारको तुलनामा उद्योग सञ्चालन अलि गाह्रो कुरा हो । जहाँ जोखिम दर पनि व्यापार भन्दा उच्च रहन्छ । तथापि उद्योग सञ्चालनबाट प्राप्ति हुने आत्मसम्मान, इज्जत र आत्मविश्वास अलग्गै किसिमको हुन्छ ।
अन्त्यमा,
अब नेपालमा व्यापारलाई भन्दा पनि उत्पादन तर्फ हामी केन्द्रित हुनुपर्छ । उत्पादन कार्य दिगो योजना बमोजिम अघी बढेको हुन्छ । दिगो योजनाले नै हामीलाई कति समयमा कहाँ पुग्ने भन्ने कुरा निर्धारित गर्दछ ।
अबका दिनमा व्यापार व्यवसायलाई थप पारदर्शी बनाउँदै लैजानुपर्ने जरुरी छ । व्यवसायीहरु अझै पनि व्यावसायिक नियम कानुनहरु बारे अनविज्ञ छन् । उनीहरुलाई भ्याट–प्यान लगायतका बिलबिजक बारे पनि राम्रो ज्ञान छैन । यस्तो अवस्थामा उनीहरुलाई थप वित्तीय चेतना र नियम कानुनबारे बुझाउनुपर्ने जरुरी छ । राज्यले व्यवसायीलाई दुख दिनमा नभई सहजीकरण गर्नको लागि समेत काम गर्नुपर्छ । यहाँ थुपै्र व्यवसायीहरु राज्यका नीतिबारे अनविज्ञ रहँदा ठूलो दण्ड जरिवानामा पर्ने स्थिति छ । यसकारण ठूलो कर राजस्व संकलन गर्ने व्यवसायीहरुलाई आवश्यक तालिमहरु सञ्चालन गर्ने अभिभारा समेत राज्य पक्षले वहन गर्नु जरुरी छ ।
(प्रस्तुतीः कमल पन्थी)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij