२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

तीन दिने निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

तीन दिने निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ताका लागि ३ दिने आधारभुत तालिम संचालन गर्न लागेको हो ।

कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाहरुका लागि चैत १३ गतेदेखि १६ गतेसम्म तालिम संचालन गर्ने भएको हो ।

अभिकर्ताले तालिमका लागि नेपाली नागरिकताको प्रतिलिपी (नोटरी सहित), न्युनतम एसएलसी उत्र्तीण, हालसालै खिचिएको पासपोर्ट साइजको फाटो तीन प्रति, प्यान कार्डको प्रतिलिपी पेश गर्नुपर्नेछ । तर, तालिममा सहभागि हुन भने १ हजार रुपैयाँ शुल्क लाग्ने छ ।आवेदन चैत १२ गतेभित्र दिनुपर्नेछ । तालिममा ५० जना भन्दा बढी सहभागि समावेश गराउन नसकिने हुँदा पहिले प्राप्त आएको आवेदनलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

तोलिममा कम्पनीको प्रधान कार्यालय, नारायणचौर नक्सालमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij