२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

महालक्ष्मी विकासले सार्वजनिक गर्याे २०८१ सालको बार्षिक भित्तेपात्रो प्रकाशन

महालक्ष्मी विकासले सार्वजनिक गर्याे २०८१ सालको बार्षिक भित्तेपात्रो प्रकाशन

 

 

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ ।

आज मिति २०८० साल फाल्गुन २७ गते आइतबार बैंकले  आफ्नो आधिकारिक वेवसाइट मार्फत क्यालेन्डर प्रकाशन गरेको हो ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरेकाे हाे ।

उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी दिने बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ ।

ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट https://www.mahalaxmibank.com/ मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij