२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

पासाङल्हामु गाउँपालिकाद्वारा सगरमाथा आधार शिविर व्यवस्थापन कार्यविधि २०८० कार्यान्वयनमा

पासाङल्हामु गाउँपालिकाद्वारा सगरमाथा आधार शिविर व्यवस्थापन कार्यविधि २०८० कार्यान्वयनमा

काठमाडौं । सगरमाथा लगायतका क्षेत्रमा हुने फाेहाेरलाइ न्यूनीकरणकाे लागि पासाङल्हामु गाउँपालिकाले नयाँ प्रयत्न गरेकाे छ ।

फोहोरमैला व्यवस्थापन गर्ने स्थानीय तहको अधिकार क्षेत्र अनुसार सर्वाेच्च शिखर सगरमाथा रहेको स्थानीय तह सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘आधार शिविर व्यवस्थापन कार्यविधि २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएसँगै अब सर्वोच्च शिखर सगरमाथा र आसपास हिमाल आरोहणमा जाने आरोहीले त्यस क्रममा गरेको दिशापिसाब फिर्ता ल्याउनुपर्ने भएको छ ।

२३ माघमा कार्यपालिकाबाट स्वीकृत उक्त कार्यविधि २४ माघमा प्रमाणीकरण भएको छ । यो कार्यविधिअनुसार अब आरोहीले सगरमाथाको आधार शिविर तथा आरोहणका क्रममा खुला टाउँमा दिशापिसाब गर्न पाउने छैनन् ।

आरोहीले ‘पुप ब्याग’ वा ‘बायोडिग्रेडेबल ब्याग’ प्रयोग गर्नुपर्नेछ । यसलाई कार्यविधिले अनिवार्य गरेको छ ।

उक्त कार्यविधि खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्ने सगरमाथासहित ल्होत्से, नुप्त्से र आमादब्लम हिमालमा समेत लागु गरिएको छ ।

कार्यविधि अनुसार अब सगरमाथा, ल्होत्से र न्हुप्त्सेबाट हरेक आरोहीले ८ किलो र अमादब्लमबाट ३ किलो फोहोर अनिवार्य आधार शिविरमा झार्नुपर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij