२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ज्वेलर्स व्यवसायमा रमाइरहेका मल्लको जीवन यात्रा एवं व्यावसायिक अनुभव

ज्वेलर्स व्यवसायमा रमाइरहेका मल्लको जीवन यात्रा एवं व्यावसायिक अनुभव

चन्द्रमान मल्ल ‘अवतार’, प्रबन्ध निर्देशक, अवतार ज्वेलर्स प्रा.लि

ज्वेलर्स व्यवसायमा लामो अनुभव बटुलेका व्यक्ति हुन् चन्द्रमान मल्ल । राजनीतिक विरासत बोकेको मल्ल परिवारमा जन्मिएका उनी एक सफल ज्वेलर्स बन्न पुगेका छन् । सानै उमेरदेखि आफ्नो चाहना राजनीतिभन्दा व्यवसायी बन्ने रुची राखेका उनी इमान्दारिता र कर्ममा बढी विश्वास गर्छन् । पाल्पामा जन्मिएका मल्लले आफ्नो व्यवसायको थालनी पनि त्यहीँबाट गरेका हुन् । पाल्पाबाट बुटवल झरेर सुन, चाँदीकै व्यवसाय अँगालेर दशक तिाएका मल्ल अहिले काठमाडौंको न्यूरोडमा आइपुगेका छन् । पाल्पा, बुटवल र काठमाडौं गरी झन्डै साढे दुई दशक व्यावसायिक क्षेत्रमा बिताएका मल्ल सफल र इमानदार सुन व्यवसायीमा गनिन्छन् । इमानदारी व्यवहार र ग्राहकको छनोट अनुसारको सेवा नै सफलताको कडी ठान्ने उनै व्यवसायी मल्लसँग राष्ट्रिय आर्थिक सम्वाददाताले समसामयिक विषयमा केन्द्रित रहेर गरेको कुराकानीको केही महत्वपूर्ण अंश–

बाल्यकाल
मल्लको जन्म वि.सं. २०३४ सालमा पाल्पामा भएको हो । आफुले पढ्न सुरु गरेदेखि नै बुटवल बस्दै आएको हुनाले कर्मथलो बुटवललाई बनाएको कुरा उनी बताउँछन् । आफ्नो बाल्यकाल मध्यम वर्गीय ढंगले बितेको कुरा मल्ल बताउँछन् ।

एसएलसी पास गरिसकेपछि क्याम्पस पढ्ने सिलसिलामा भर्ना भइ क्याम्पसमा पहिलो परीक्षा दिइसकेपछि यस पेशासम्बन्धी अध्ययन गर्न हिँडे । एक÷डेढ वर्षको अध्ययनसँगै यो व्यवसायसँग सम्बन्धित साथीभाइको संगत र वातावरणले यही पेशा अँगाल्न प्रेरित ग¥यो । कुनै पनि विषयमा सफलता हासिल गर्न भित्रैदेखि इच्छाशक्ति जागृत हुनुपर्छ, अनि मात्र हामीले लिएको ज्ञान अथवा सीपले सही खालको सार्थकता पाउन सकिने कुरा मल्ल बताउँछन् । सबैभन्दा हामीमा इमान्दारिता, धैर्यता र लगनशिलता हुनु आवश्यक रहेको कुरा प्रवन्ध निर्देशक मल्ल बताउँछन् । यो नै एक सफलत व्यवसायीको प्रमुख सुत्र हो, उनी थप्छन् ।

मल्लको व्यावसायिक यात्रा
सुरुका दिनमा एक÷डेढ वर्षको अध्ययनपछि यही पेशा अपनाउने मनसाय बोकेर लागि परेँ । सुन बहुमूल्य धातु भएकाले यसमा अलि बलियो लगानीको आवश्यकता पर्दथ्यो । तर म त्यो अवस्थामा थिइन । मैले यो पेशा थालेको आजभन्दा करिब २२÷२५ वर्ष अघिबाट हो । त्यसबेला मैले सानो लगानीबाट पेशा थालेको हुँ ।

सुरुका दिनहरुमा यस व्यवसायमा धेरै दुःख र चुनौती र संघर्षहरु गर्दै म निरन्तर अघि बढेँ । त्यतिबेला मलाई कतिपय मानिसहरुले ‘यति सानो उमेरमा यस्तो बहुमूल्य धातु सुनको व्यवसाय गर्न थालेको छ तर चलाउन धेरै गाह्रो हुन्छ’ समेत भन्ने गर्नुहुन्थ्यो प्रायजसो सबैले । त्यतिबेलाको उमेरमा सुनको मूल्य र तौलमा ठग्ने भएको हुनाले शंकाको दृष्टिकोणले हेरिन्थ्यो । यो व्यवसाय गर्नेलाई अलि बढि निगरानी गर्ने र कतिपयले त गलत दृष्टिकोणले पनि हेर्ने गर्दथे । भर्खरको अल्लारे केटो छ सुनमा ठग्छ कि भाग्छ कि भन्ने पनि गर्दथे । यो व्यवसाय गर्न पहिलो कुरा इमानदारीता चाहिन्छ र इमानदारीतासँगै लगानीको बारेमा धैर्यता पनि चाहिन्छ । मलाई भित्रैदेखि यो पेशालाई इमान्दारी र धैर्यताका साथ आत्मसात गर्दै मर्यादीत ढंगले अगाडि बढाउन सक्छु भन्ने लागेको थियो । त्यही अठोटका साथ मैले इमानदारीतालाई कहिल्यै पनि छोडिन । आफूले ग्राहकलाई दिने सामानको क्वालिटी र क्वान्टीटीमा कहिल्यै सम्झौता नगरेको कुरा उहाँ बताउनुहुन्छ ।

मेरो व्यवसाय भनेको सुनको हो । सुनमा कहिल्यै पनि अन्य धातुको मिसावट गरिन र गर्ने सोच पनि आएन । त्यसैले पनि होला ग्राहकहरुको मन सजिलै जित्दै गएँ । ग्राहकको मन जितेपछि व्यापार फराकिलो हुने नै भयो । आज यो ठाउँमा आइपुग्न विशेषगरि ग्राहकहरुकै देन हो । अहिले पनि पुरानादेखि नयाँ ग्राहक महानुभावहरु खोजिखोजी आउनुहुन्छ । मैले पनि उहाँहरुको इच्छा, चाहना र रुची अनुसारको सेवा दिन पाएको छु । मैले यो पेशा अपनाएको लगभग २५ वर्ष भयो । यो अवधिमा आर्थिक प्रगति पनि गरेको छु । मैले मेरो २५ वर्षको जिन्दगी र लगानी यहीँ पेशामा सुम्पेको छु ।

मल्लको चाहना
सुरुका दिनमा यो पेशाबाहेक अन्यमा त्यस्तो खासै चाहना त भएन । आफू एउटा सचेत नागरिक भएकाले आफ्नो एउटा व्यवसाय छ, चलेकै छ, कमाइ पनि छ, आर्थिक उन्नति पनि भएकै छ । त्यसको अलावा समाजमा पनि केही गर्न पाए हुन्थ्यो भनेर समाजसेवातिर लाग्ने इच्छा जाहेर भएपछि सामाजिक संस्थासँग आवद्ध भएर पनि काम गरेको छु । तपाईंले यस विषयमा सोधिहाल्नुभयो, सामाजिक संस्थामा लागिरहँदा मसँग एउटा नमिठो अनुभव छ । आजभन्दा ६,७ वर्षअघिको कुरा हो हामी सबै साथीहरुले यो देशलाई समृद्धितिर लैजाने हाम्रो पनि एउटा दायित्व हुन्छ र यो देशमा हुने गरेका कुरिती, कुसंस्कारविरुद्ध लड्ने एकदमै बलियो संस्था खोलौँ जुन चाहीँ सचेत नागरिकहरुको भरपर्दो प्लेटफर्म होस् भनेर एउटा सामाजिक संस्था खोलियो । तर आज त्यती मेहनत गरेर हुर्काएको संस्था केहीँ स्वार्थी व्यक्तिका गलत नियतका कारण उक्त संस्था कोमामा पुगेको अवस्था छ, मल्ल बताउँछन् ।

व्यावसायका बीचमा आज ठूलो चुनौती
नेपालको अपरिप्रेक्ष्यलाई हेर्दा यतिबेला जुनसुकै व्यवसाय गर्न चुनौतीपूर्ण छ । किनभने नयाँ पुस्ताको गन्तव्य स्थल भनेको विदेश नै भयो । नेपालमा कमाएर खर्च गर्न सक्ने जनशक्ति एकदमै कम हुन थाल्यो । यही अवस्थामा मुलुक गइरहने हो भने आगामी ५÷१० वर्षमा नेपालमा व्यवसाय गरेर टिक्न एकदमै चुनौतीपूर्ण हुनआउँछ । ती चुनौतीहरु त छँदैछन् मेरो आफ्नो कुरा गर्नुपर्दा सुन व्यवसायमा झन् चुनौती छ । आमनागरिकले पनि यसलाई एउटा स्थायी सम्पत्तिको रुपमा लिने र आवश्यक परेको बेला तुरुन्तै विक्री गरेर उपभोग गर्न पाइने हुन्छ । सांस्कारिक हिसावले पनि यो पवित्र धातु भएकाले त्यसको छुट्टै महत्व छ । अर्को चुनौती भनेको यसको वर्षैपिच्छे भाउ बढिराख्ने हुन्छ । किनभने अहिले विश्वबाट लगभग लोप हुन लागेको धातु भन्न थालिएको छ सुनलाई ।

संसारमा यो अति थोरै छ, थोरै भएकै कारण सुनको मूल्य बढेको हो । त्यसकारण स्थायी सम्पत्तिको रुपमा यो धातुलाई मानिसहरुले किन्ने भएकाले इमान्दारीता आवश्यक छ । त्यसमा यो व्यवसाय हाई रिक्समा हुन्छ । किनभने सुरुमा धेरै लगानी गर्नुपर्ने हुन्छ । ठूलो लगानी गर्नुपर्ने भएकाले बैंकबाट धेरै लोनहरु लिनुपर्ने हुन्छ । आफ्नो घर, जग्गा सबै बैंकमा राखेर पसलमा लगानी गर्नुपर्ने हुन्छ । एकातिर बैंकको लोन तिर्ने चुनौति हुन्छ । अर्कोतर्फ चोरीडकैती हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले चुनौतीको सामना गर्न नसक्ने मान्छेले यो व्यवसाय गर्न सक्दैन । पछिल्लो समय यो व्यवसाय गर्नेहरु पलायन हुँदै गएको अवस्था छ । आज मैले यो व्यवसाय गरेको २५÷२६ वर्ष हुँदैगर्दा आफ्ना ति पुराना इतिहास जोगाउनको लागि भएपनि मैले यो व्यवसायलाई टिकाइराख्न जरुरी छ । खासगरी मैले यो व्यवसाय पाल्पाबाट सुरु गरेको हुँ । त्यहाँ लगभग १० वर्ष गरेपछि बुटवल झरेको हुँ । बुटवलमा पनि करिवकरिव १० वर्ष आफूले त्यहाँका ग्राहकबर्गहरुको भित्री मन जीत्न सफल भएको कुरा मल्ल बताउँछन् ।

अहिलेको मूल्यमा अनुमानित लगानी
आफ्नो पसलमा १०-१२ जना स्टाफ छन् । त्यसपछि कालीगढहरु छुट्टै हुन्छन् । प्रत्यक्ष, अप्रत्यक्ष गरी मैले ४०÷५० स्टाफहरुलाई राम्रै सेवा दिर्दै आइरहेको छु, मल्ल भन्छन् ।

व्यवसायतिर आकर्षित हुनुको मूख्य कारण
त्यतिबेला घरको आर्थिक अवस्था र शिक्षादिक्षाको अवस्थाले गर्दा पनि होला म यो पेशातिर आकर्षित भएको हुनुपर्छ । कतिपय कुरामा पारिवारिक पृष्ठभूमिले पनि प्रभाव पारेको हुन सक्छ । यी जे÷जस्ता कारणले भएपनि म चाहीँ यो पेशामा आवद्ध भएर अहिले यहाँसम्म आइपुगेको छु । यो पेशामा आवद्ध भइसकेपछि मैले अरु सबै कुरा छोडिदिएँ । यसको अलावा राजनीति गर्ने, समाजसेवा गर्ने कुरा सबै छोडेर विशुद्ध व्यापार व्यवसायमा आवद्ध भएँ । मेरो पारिवारिक अवस्था हेर्दा सबैभन्दा पहिला आर्थिक रुपमा सवल हुनुपर्ने थियो । त्यसकारणले पनि यो पेशा अपनाएर आए । समाजसेवाको क्षेत्रमा मैले आफ्नो हैसियत अनुसार गरेको छु । म एउटा सचेत नागरिक भएको हैसियतले यो देशमा केही गर्नुपर्दछ भन्ने मेरो अन्तरआत्मा देखी नै निकै ठूलो भावना र विचार ममा रहेको छ ।

नेपाली अर्थतन्त्रमा सुन, चाँदीले पार्ने असर
नेपालभित्र बसोबास गर्ने प्रत्येक नागरिकले सुन, चाँदीलाई सांस्कारिक हिसाबमा भगवानको रुपमा लिन्छन् । जस्तो सामान्य मान्छेले पनि विवाहको समयमा कम्तिमा एक डेढ लाख र हुने खानेले २०, २५ देखि ५०÷६० लाखसम्मको सुन किन्ने चलन छ । त्यसले गर्दा यसले अर्थतन्त्रमा सोझै असर पार्ने कुरा हुन्छ । सुन नेपालमा भित्र्याइँदा १५ प्रतिशत त सरकारले नै लिने गर्छ । यति बहुमूल्य धातु सुन नेपालमा अहिले पनि प्रतिदिन २० केजी आउँछ । त्यो भनेको २० करोड हो । त्यो २० करोड हरेक दिन कर उठ्दा राजश्वमा कति रकम जम्मा हुन्छ । त्यसले त नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भयो । अर्को कुरा यो सुन व्यवसायबाट जति पनि रोजगारी पाउनेहरु छन् । तिनको रोजीरोटीको कुरा आउँछ । सुन व्यवसायले मात्र लाखौँ लाख युवा दाजुभाई तथा दिदीबहिनीहरुलाई रोजगार दिन सफल भएको छु । त्यसकारण यसको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका र सम्बन्ध रहेको हुन्छ ।

व्यवसायमा सफलताको कडी
यस पेशामा सफलताको मुख्य कडी भनेको इमान्दारिता हो । मैले कहिल्यै पनि इमान्दारितालाई दाउमा राखेर काम गरिन । मैले कति लगानी गरेको छु । त्यो लगानी गरेबापत कति नाफा खान जाहेज हो भन्ने कुरालाई सधैं ध्यानमा राखेर मैले निरन्तर रुपमा काम गर्दै आइरहेको छु । मैले भेटी बेला यहीँ हो भनेर कुनै एक जना ग्राहकमार्फत पनि अनावश्यक रकम कहिल्यै बुझिन, त्यो नै मेरा व्यवसायीक सफलता वा मूख्य सुत्र हो । ग्राहक महानुभावहरुले म प्रति ठूलो भरोसा र विश्वासलाई मूख्य ध्यान दिएर नै आज न्यूरोडमा धेरै पुरानो पसलहरुलाई समेत ब्याक गरेर भगवान, र ग्राहकवर्गहरुको आर्शिवाद पाएर नै आज विश्वमा आएको मन्दीको समयमा समेत मेरो पसलले एक खालको सफलता हासिल गरेको कुरा मल्ल बताउँछन् ।

व्यवसायमा सफलता पाउन सक्क्षम व्यवस्थापन र लगानी प्रमुख हुन्छ
नेपाली समाजमा सबै समुदायबीच सुन, चाँदी, हीरा मोतीको एक छुट्टै खालको विशेष आकर्षण नै रहेको हुन्छ । यसप्रति बुढाबुढी, बालबच्चादेखी युवा वर्गको समेत विशेष ध्यान गएको पाइन्छ । यसलाई भगवानको समेत प्रतिकको रुपमा लिइन्छ । मैले न्यूरोडमा आएर सुन, चाँदीको व्यवसाय सुरु गर्दा मैले कस्तो सामानको व्यवस्थापन गर्नुपर्छ ? अहिलेका ग्राहकहरुको मूख्य माग के हो ? भन्ने विषयमा मैले गहिरिएर अध्ययन, अनुसन्धान गरेँ । व्यवसायमा सफलता पाउन व्यवस्थापन र लगानी प्रमुख हुन्छ । लगानी गर्न बैंकले पत्याएको छ, आजसम्म मलाई त्यसैमा आफूलाई सधैभरि गर्व लाग्ने कुरा मल्ल बताउँछन् ।

(प्रस्तुती  :–गीता बस्नेत)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij