
पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा हुनु भएको छ ।
मानवता विरुद्धको अपराधमा उहाँले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो ।
संवैधानिक अदालतले मङ्गलबार “तत्काल रिहा” आदेश जारी गरेपछि उहाँ जेलमुक्त हुनु भएको हो ।
फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किनु भएको हो ।
रिहाइपछि उहाँले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेट्नु भएको थियो ।
केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उहाँको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij