२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेबिकाेले बजारमा ल्यायो पिनट बटर कुकिज

नेबिकाेले बजारमा ल्यायो पिनट बटर कुकिज

करिब ६ दशक देखि नेपाली उपभोक्ताको मन जित्न सफल ब्राण्ड नेबिकोले बिजयादशमीको अवसर पारेर फेरी अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ ।

बिस्कुट भन्नबित्तिकै नेबिको नै नेपाली उपभोक्ताहरूकाे लागि पहिलो रोजाइमा पर्ने गर्दछ।

नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको। हरेक पुस्तालाइ ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाइ स्थापित गर्न सफल भएको छ ।

यश कम्पनीले बिस्कुट, कुकिज, कन्फेक्सनरी र cereals गरि विभिन्न उत्पादनमा आफ्ना उत्कृष्ट उत्पादन बजारमा बिक्रि वितरण गर्दै आएको छ ।

नेबिकोले हालै मात्र बजारमा ल्याएको ब्राण्ड हो, Peanut Butter Cookies, जसको M.R.P. ५० रुपैयाँ तोकिएको छ र तौल १२० ग्राम छ ।

यस्मा प्राकृतिक बदाम र बदामको तेल (Peanut Butter) को राम्रो सम्मिश्रण रहेको छ र यो सम्मिश्रण उपभोक्ताको स्वास्थको लागि चाहिने एउटा अत्यावश्यक खाद्य भिटामिन र लवणको सम्मिश्रण हो ।

आकर्षक प्यकेजिङ्गमा तयार गरिएको सो ब्राण्ड केहि नौलो स्वादमा हुनेछ र विस्तारै यसले आफ्नो Market बनाउनेछ, उपभोक्ताको मन फेरि पनि जित्नेछ भन्नेमा कम्पनि विश्स्त रहेको छ र यहाँहरुको सल्लाह-सुझावको अपेक्षा राख्दै नेपाली उत्पादनलाई प्रोसाहन गरौँ भन्ने अपिल पनि गर्दछ ।

अन्तमा, सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैलाई कम्पनीले विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अन्य थप ब्राण्डहरु छिटै नै बजारमा आउने तयारि  भैरहेको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij