२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

चाडवाड लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा

चाडवाड लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा

 

सरकारले दसैं, तिहार र छठलाई लक्षित गर्दै भोलिदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल आजबाट सञ्चालनमा ल्याउने भएको छ ।

सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सञ्चालन गर्नेछन् । सुपथ मूल्य पसल काठमाडौंको थापाथली र रामशाहपथमा चल्नेछ । यस्तै ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

सुपथ मूल्य पसलमा चामल, दाल, पिठो तथा कर्णालीका सिमी, गेडागुडी, फापरलगायत खाद्यान्न १० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।

यस्ता पसल मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन हुनेछन् ।

यस्तै दुग्ध विकास संस्थानका लैनचौर, न्युरोड र खुमलटारमा दुग्धजन्य पदार्थ सहुलियत मूल्यमा पाइनेछ ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्टाएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्टाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० र पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij