२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भुक्तानी नपाएकाे भन्दै निमार्ण व्यवसायीहरू आन्दोलनमा

भुक्तानी नपाएकाे भन्दै निमार्ण व्यवसायीहरू आन्दोलनमा

 

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायीहरु आन्दाेलनमा उत्रिएका छन् ।

साेही क्रममा आज आफूहरुकाे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन लागेकाे  नेपाल निर्माण व्यवसायी महासंघले  बताएकाे छ ।

महासंघले अन्य सरोकारवाला मन्त्रालयहरुलाई समेत भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेकाे छ ।

यसैगरी महासंघकाे आह्वानमा भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाइनेछ ।

आफूहरुले झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको नेपाल  निर्माण व्यवसायी महासंघका महासचवि राेसन दाहाल बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij