२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

चलचित्र ‘अदृष्य’को ट्रेलर सार्वजनिक

चलचित्र ‘अदृष्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता प्रमोद अग्रहरी र रिस्ता बस्नेत अभिनित उक्त चलचित्रको २ मिनेट १४ सेकेण्डको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको उक्त चलचित्रको ट्रेलरमा पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको कथा उठान गरिएको छ ।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह–निर्माता हुन् ।

अभिनेता अग्रहरी, बस्नेत र सोहीत मानन्धरको मुख्य भुमिका रहेको फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । यस चलचित्र यहि साउन १९ गते देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij