२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रधानमन्त्री प्रचण्डबाट आज संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह उद्घाटन हुँदै

प्रधानमन्त्री प्रचण्डबाट आज संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह उद्घाटन हुँदै

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने भएको छ ।  यसको लागि प्रचण्ड  दाङ जाने भएका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई सहितको टोली दाङ आउन लागेको हो ।

विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।

१२ वर्षपछि हुन लागेको दीक्षान्त समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको  छ ।

समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij