काठमाडौँको सिनामंगलमा गोली चलेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारी युवकमाथि गोली प्रहार गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।
युवाको घुँडामुनी गोली लागेको छ । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।
भगतबाट प्रहरीले १०० ग्राम लागूऔषध नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij