२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

थ्री स्टार हाइड्रोपावरको आईपीओमा स्थानीयबासीले आवेदन दिने आज अन्तिम दिन

थ्री स्टार हाइड्रोपावरको आईपीओमा स्थानीयबासीले आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ। थ्री स्टार हाईड्रोपावर लिमिटेडको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आज वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गरेकोमा आवेदन दिने आज अन्तीम दिन रहेको हो।

कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित खोटाङ जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको थियो।

यस आईपीओमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उल्लेखित स्थानीयहरुले आज बैंकिङ्ग समयसम्म उक्त आईपीओमा आवेदन दिन सक्छन्।

कम्पनीले स्थानीय वासिन्दाका साथै ७३ हजार ८ सय ७५ कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको थियो। यो वैशाख २५ गते नै बिक्रि बन्द भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij