
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकका लागि ‘समर डिल्स’ सार्वजनिक गरेको छ ।
३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ ।
सेलवेज ग्रुपले जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको ‘समर डियल’ नामक योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जनाइएको छ । टिभी, फ्रिज, वासिङ मेसिन जस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ ।
यस अफर अन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ । यो अफर २० जेठसम्म लागु हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij