२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

युवा संघको महाधिवेशनस्थलबाट चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ  

युवा संघको महाधिवेशनस्थलबाट चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ  

 

राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशस्थलबाट गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगी हतियारसहित पक्राउ परेका छन् ।

महाधिवेशनस्थलमा गुन्डा नाइके चक्रेमिलनको बडिगार्डको रूपमा हतियारसहित प्रवेश गरेपछि बाँकेको चिसापानीका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरले जानकारी दिए ।

प्रहरीले बोगटीको साथबाट प्वाइन्ट टु टु हतियार समेत बरामद गरिएको छ ।

सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडियो बोगटीले पोस्ट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij