२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रति लिटर १० रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य

प्रति लिटर १० रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य

 

 

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा  कटौती गरेको जानकारी गराएकाे छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठक पश्चात् डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाइएकाे साथै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाइएकाे  निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताएका छन् ।

यससँगैअब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । साथै  नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाइएकाे छ । नयाँ मूल्य १७५ रुपैयाँ कायम गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत् राखिएको छ ।

शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij