२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट हुँदै, चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्ने

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट हुँदै, चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्ने

 

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न लागेका हुन् ।

दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १:१ स्वाप रेसियोमा एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । मर्जरमा जानको लागि यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो ।

एकीकृत कारोबार भएपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै, गत माघसम्मको तथ्यांक अनुसार कम्पनीको प्रथम बीमाशुल्क कूल एक अर्ब ६७ करोड र कूल बीमाशुल्क ३ अर्ब २६ करोड नाघ्ने छ । सानिमा लाइफले गत माघसम्ममा ४७ करोड ५२ लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने रिलायन्स लाइफले ५२ करोड १५ लाख रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, कूल बीमाशुल्क पनि सानिमा लाइफको एक अर्ब ४८ करोड र रिलायन्स लाइफको एक अर्ब ७८ करोड रुपैयाँ आर्जन भएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा लाइफ इन्स्योरेन्सको वार्षिकी प्रतिशेयर आम्दानी (इपीएस) ११ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३४२ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७२ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३२४ रुपैयाँ ४६ पैसा रहेको छ ।

एकिकृत कारोबारपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षतर्फ भने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द कोडिया हुनेछन्। त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सानिमा लाइफको तर्फबाट शिवनाथ पाण्डेले आज बीमा प्राधिकरणबाट शपथ लिँदै नयाँ नियुक्ति पनि लिने भएको छन् । शिवनाथ पाण्डे राष्ट्र बैंैकका पूर्व कर्मचारी र सूर्या लाइफका पूर्व सिईओ समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij