
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र प्रसाद ढकाल पछि अध्यक्ष बन्ने गरी अघि बढेका उमेशलाल श्रेष्ठ समूहको प्यानल क्लियर भएको छ । विश्वसनीय श्रोतका अनुसार वृहत छलफल पछि उपाध्यक्षहरुमा कस-कसलाई उठाउने भन्ने विषयमा यो समूहले क्लियर गरेको हो ।
अब यो समूह प्यानल सहित चुनावी मैदानमा उत्रनेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल आागामी महाधिवेशनबाट स्वतः अध्यक्ष बन्नेछन् । त्यसबाहेकका पदमा भने निर्वाचन हुनेछ् । उमेशलाल समूहबाट वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई बहालवाला र चर्चित उपाध्यक्ष दिनेश श्रेष्ठले समर्थन गर्ने भएका छन् । जिल्ला नगरमा निकै लोकप्रिय रहेका दिनेशले उमेशलाललाई समर्थन गर्दै उनी जिल्ला नगर उपाध्यक्षमा उठ्ने भएका छन् ।
जिल्ला नगर उपाध्यक्ष हुनु पूर्व नै वस्तुगत उपाध्यक्ष भइसकेका दिनेश यस पटक जिल्लानगर उपाध्यक्षमा दोहोरिने भएका हुन् । यो प्यानलबाट वस्तुगत तर्फको उपाध्यक्षका लागि हेमराज ढकाल मैदानमा उत्रने भएका छन् । उनी तीन कार्यकाल महासंघको कार्यसमितिमा रहेर काम गरिरहेका व्यक्ति हुन् ।
यसैगरी यो समूहबाट एसोसिएट उपाध्यक्षमा भरत आचार्य मैदानमा उत्रदैछन् । गण्डकी प्रदेशका आचार्य पनि महासंघको राजनीतिमा प्रभावशाली नेतामा पर्छन । यो प्यानलले चाडै उम्मेदवारी घोषणा समारोह नै आयोजना गर्ने तयारी समेत गरेको छ ।
यो प्यानललाई आगामी अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व अध्यक्ष भवानी राणा लगायतका व्यक्तिहरुको समर्थन छ । वरिष्ठ उपाध्यक्षका अन्य आकांक्षीहरुले भने प्यानल बनाइसकेका छैनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij