
काठमाडौं । तारकेश्वर नगरपालिकाको लामबगरस्थित सञ्चालनमा रहँदै आएको प्रारम्भ वर्ल्ड स्कुलले १७ औं प्रारम्भ दिवस सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम राष्ट्रिय नाचघर जमलमा बुधबार सम्पन्न भएको हो ।
विभिन्न विद्यालयका प्रिन्सिपल एवं समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अवसर पारेर विद्यार्थीहरुले आफूले सिकेका विभिन्न प्रतिभाको प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले शिक्षाले व्यक्तिलाई वहुआयामिक बनाउन सक्नुपर्ने र सोही मान्यता सहित आफूहरु लामो समय देखि शिक्षा प्रदान गर्ने काममा समर्पित रहँदै आएको बताउनुभयो ।
विगतमा चिल्ड्रेन हेराल्ड एकेडेमीको नाममा सञ्चालनमा रहँदै आएको उक्त विद्यालयमा हाल प्ले ग्रुप देखि प्लस टु सम्मका शैक्षिक गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्नुको अलावा अतिरिक्त क्रियाकलापमा समेत तुलनात्मक रुपमा अब्बल रहँदै आएको छ । जसले गर्दा समय–समयमा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरष्कार समेत प्राप्त गर्दै आइरहेको छ । साथै विद्यार्थीहरुले अन्य विद्यालयसँगको प्रतिष्पर्धामा समेत आफूलाई अब्बल सावित गर्दै आएका छन् । खेल र मनोरञ्जन सहित रम्दै सिक्ने वातावरण यस विद्यालयले प्रदान गर्दै आएको छ । साथै विद्यालयले विद्यार्थीहरुलाई पारिवारिक वातावरण समेत प्रदान गरेको छ ।
बदलिँदो परिवेशमा शिक्षा परिमार्जित हुँदै जानुपर्ने आवश्यकतालाई आफूहरुले राम्रोसँग बुझेको र सोहीअनुसार शिक्षलाई व्यावहारोपयोगी बनाउन सक्ने गरी शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक र आध्यात्मिक लगायतका सबै आयामहरुको सन्तुलित विकासमा आफूहरु अत्यन्तै सचेत रहँदै आएको विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली बताउनुहुन्छ ।

सामाजिक विकृति विसङ्गतिहरुलाई न्यूनीकरण गर्दै समाजलाई सही ट्रयाकमा हिँडाउनको निम्ति विद्यालय तहबाट नै (जगै देखि) बालबालिकालाई संस्कार र उद्यमशिलतामा हिँड्ने आधार तयार गर्ने काममा आफूहरु समर्पित रहँदै आएको समेत प्रिन्सिपल ज्ञवालीले सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीको क्रममा बताउनुभयो ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij