२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

माओवादी निकट शिक्षक संघको अध्यक्षमा दाेहाेरिए अधिकारी

माओवादी निकट शिक्षक संघको अध्यक्षमा दाेहाेरिए अधिकारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्षमा शंकर अधिकारी दाेहाेरिएका छन् ।

सङ्गठनको छैठौ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अधिकारीलाई अध्यक्ष बनाएको हो । अधिकारी २०७४ सालदेखि अध्यक्ष हुँदै आएका थिए ।

पुन छैठौ अधिवेशनबाट पुनः उनलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । शिक्षक सङ्गठनको अध्यक्षमा अधिकारीलाई चयन गर्दै २१ पदाधिकारी बनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा मानबहादुर पाण्डेसहित ९ जना उपाध्यक्ष बनाएको छ । महासचिवमा कुलप्रसाद खतिवडा, उपमहासचिव र सचिव ५/५ जनालाई बनाएको छ । अर्थ उपमहासचिव गणेश रिजाल भएका छन् । माओवादी निकट शिक्षक सङ्गठनको कुल पदाधिकारी २१ जना बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij