
काठमाडौँ । साना तथा घरेलु व्यवसायी महासंघकाे प्रदर्शनी मेला समापन भएकाे छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त समापन समाराेहमा बाेल्दै अर्थमन्त्री पाैडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको र त्यसमा मन्त्रालय सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।
मेलामा दुई लाख ५० हजार अवलोकनकर्ताकाे उपस्थिति रहनुकाे साथै करिब पाँच करोड रकम बराबरको कारोबार भएकाे बताइएकाे छ ।
मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए । मेलाले देशभरकै उत्पादन प्रवद्र्धनमा सहयोग पुर्याउने महासंघकाे अपेक्षा छ ।
मेलामा बाेल्दै मेलाकी संयोजक शोभा गुरुङले औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरूले गरेको योगदानको उचित कदर हुनुपर्ने बताइन् ।मेला अवधिमा भएकाे खरिद–बिक्री भन्दा पनि दीर्घकालिन बजार प्रवर्द्धनमा हुने सहयाेग मेलाकाे मुख्य उपलब्धि हुने गुरूङकाे भनाइ थियाे ।
मेलामा धारणा राख्दै अर्गानिक एसाेसिएसन नेपालका अध्यक्ष एवं प्राङ्गारिक अभियन्ता दीपक प्रकाश बास्काेटाले स्वस्थकर, प्राकृतिक एवं प्राङ्गारिक खानाकाे महत्व बारे जानकारी गराए । अध्यक्ष बास्काेटाले खाना, साेचविचार, पहिरन लगायत सबै कुरा प्राकृतिक अपनाउनुपर्ने बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij