
काठमाडौं । विगत २५ बर्ष देखि कफी व्यवसायमा संलग्न व्यक्ति हुन् रामशरण घिमिरे । हाल उनी ललितपुर कफी व्यवसायी संघका अध्यक्ष समेत हुन् । घिमिरे हाल नेपाली कफीको माग विश्व बजारमा राम्रो रहेपनि बजारको माग अनुसार आफहरुले स्वदेशी कफी उत्पादन हुन नसकेको बताउँछन् ।
हाल घिमिरे अध्यक्ष रहेको ललितपुर कफी व्यवसायी संघमा ५५४ जना व्यवसायीहरु सदस्य छन् ।
घिमिरेका अनुसार कफी व्यवसायको अवस्था नेपालमा राम्रो छ । उत्पादन भएको कफीको बजार पनि राम्रो छ । यद्यपि कफीबाट राम्रो लाभ लिन उत्पादन प्रक्रियामा राम्रोसँग सक्रिय हुनुपर्छ र विभिन्न विधि प्रक्रिया पु¥याउनुपर्छ ।
ललितपुरमा हाल कफी सहकारी मार्फत २ सय २८ व्यवसायीहरु संलग्न रहेका छन् । ५० भन्दा बढी बोट कफी रोपेका व्यावसायिक कृषकलाई वास्तविक कफी व्यवसायी मानिने गरेको अध्यक्ष घिमिरे बताउँछन् ।
हाल ललितपुरका महाँकाल र बाग्मती गाउँपालिकालाई कफीको पकेट क्षेत्रको रुपमा चिनिन्छ । खासगरी ती गाउँपालिका अन्तरगतका गिट्टी, आश्राङ, प्युटार, चन्दनपुर र ठूला दूर्लुङ्गमा कफी बढि मात्रामा उत्पादन हुँदै आएको छ । उक्त क्षेत्र समुद्री सतहबाट ८ सय देखि १६ सय मिटर उचाईमा रहेको छ । जुन उचाई कफीको लागि उपयुक्त मानिन्छ ।
कफीलाई विभिन्न ३ श्रेणीमा वर्गीकरण गरिँदै आइएको छ । विशिष्ट श्रेणीको कफीको मूल्य बजारमा प्रतिकिलो १ सय ४० रहँदै आएको छ ।
नेपाली कफी जर्मन, नेदरल्याण्ड, जापान, कोरिया लगायतमा निर्यात हुँदै आएको छ ।
ललितपुर क्षेत्रमा ५८ हेक्टर क्षेत्रफलमा कफी उत्पादन हुँदै आएको छ । जहाँबाट ११ टन ग्रिन विन कफी बार्षिक रुपमा उत्पादन हुँदै आएको बताउँछन् घिमिरे ।
नेपालमा उत्पादित कफी जर्मनीको गेपा कम्पनीले प्रतिकिलो साढे ९ डलरमा किन्दै आएको कफी व्यवसायी संघ ललितपुरका अध्यक्ष रामशरण घिमिरे बताउँछन् ।
घिमिरेका अनुसार कफीमा राज्यले महत्व दिन सकेको खण्डमा कफीबाट राम्रो लाभ लिन सकिने सम्भावना छ ।
‘ललितपुरको सान ः अर्गानिक कफी उत्पादन’को नारा सहित कफी उत्पादनमा संलग्न रहेको ललितपुर कफी व्यवसायी संघले नेपालको दार्जिलिङ र सिक्कीमको झल्को पाउनको लागि चन्दनपुर र ठूला दुर्लुङ्ग गए पुग्ने भन्दै उक्त क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ । जुन क्षेत्र सातदोबाटोबाट करिब ६० किलोमिटरको दूरीमा पर्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij