२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रील सघ काठमाडौ कपन र जोरपाटी इकाईको अधिबेशन सम्पन्न

ग्रील सघ काठमाडौ कपन र जोरपाटी इकाईको अधिबेशन सम्पन्न

ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं कपन र जोरपाटी इकाइ समितिको ९ औ साधारण सभा तथा तेस्रो अधिबेसनको उदघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सबै ग्रील उध्योगिले सरकारको सम्बन्धि निकायमा दर्ता भएर बैधानिक रुपमा आफ्नो आफ्नो ग्रील उध्योग सन्चालन गर्न आग्रह गरे ।

उनले ग्रील तथा स्टील ब्यवसायमा देखिएका चुनौतीहरु दक्ष जनशक्ति अभाव, बैंकको चर्को ब्याज अबैध ब्यवसायीहरुले गर्ने अस्वस्थ प्रतिस्पर्धा, ग्रीलजन्य तयारी वस्तु अन्य देशबाट आयात गरिने लगायतका विविध समस्याबाट ग्रसित हुँदा ग्रील ब्यवसाय् बन्द हुने अवस्थामा पुगेको हुँदा सरकारसँग महासघले ग्रील ब्यवसायमा देखिएका समस्या समाधानको निम्ति प्रभाबकारी कर्यान्वयन गर्न महासंघले पहल गरिरहेको बताए।

कार्यक्रमका सभापती कपन इकाइका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले सम्पुर्ण ग्रील ब्यवसायी र मजदुरको दुर्घटना बिमा गर्ने मुल्यमा एकरुपता ल्याउन ग्रील जन्य तयारी बस्तुको नया मूल्य सुचि ल्याउन महासघलाइ आग्रह गरेका थिए ।

उक्त अधिबेशनले भेष बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यक्रसमिति चयन गरेको थियो भने हिजै जोरपाटी इकाई समितिको पनि नवौं साधारण सभा तथा तेश्रो अधिबेशनको उदघाटन गर्दै महासंघका अध्यक्ष मोहन कटुवालले कोभिड र डेङुबाट नराम्रो सग प्रभाबित ग्रील ब्यवसाय हालको आर्थिक मन्दिका कारण धरासयी बन्दै गएको हुँदा सरकारले चर्को बैकको ब्याज कम गर्न साना उध्योगिले सहज किसिमले सहुलियत पुर्ण कर्जा पाउने ब्यवस्था मिलाउन र सबै अबैध ग्रील उध्योगलाइ सहज किसिमले कानुनी दायरामा ल्याउने ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

साथै चन्द्र भक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनले गणेश श्रेष्ठको नेतृत्वमा नया कार्यसमितिको चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij