हालै मकवानपुर ग्रील तथा स्टील ब्यवसायी सघको १० औं साधारणसभा तथा वनभोज कार्यक्रम हेटौडामा सम्पन्न भएको छ।
साधारण साभको उदघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले कोभिड डेङ्गोबाट थला परेको यो ब्यवसाय हालको आर्थिक मन्दि र चर्को बैक ब्याजबाट नराम्रो सग प्रभावित भै बन्द हुने अवस्थामा पुगेकोले हुँदा सरकारले तत्कालै राहतको कार्यक्रम ल्याउनुपर्ने बताउँदै भारत तथा तेस्रो देशबाट आएका अवैध ग्रील ब्यवसायीका कारण वैधानिक स्थापित ग्रिल ब्यवसायीहरु धरासायी बन्दै गएको हुनाले त्यस्ता व्यवसायीलाई कानुनी दायरामा ल्याइ व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
संघका निवर्तमान अध्यक्ष कुमार पौडेलले स्वदेशमा उध्योग खोली ठूलो संख्यामा रोजगारी दिँदै आएको ग्रील उध्योगलाइ सरकारले उचित संरक्षण नगरेको गुनासो गरे ।
सघका सल्लाकार एवम केन्द्रीय सदस्य प्रकाश पौडेलले नेपालका ग्रील उध्योगिहरुले उत्पादन गर्न सक्ने ग्रीलजन्य फलामहरु समेत भारत तथा अन्य देशबाट आयात गर्दा स्वदेशी उध्योगी मारमा परेको हुनाले त्यस्ता वस्तुको आयातलाइ निरुत्साहित गर्नुपर्ने बताए। उक्त साधारण सभामा महासंघका केन्द्रीय पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकवानपुर उध्योग बाणिज्यसघ उपाध्यक्ष तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूले मकवानपुर ग्रील संघसग सहकार्य गरि अगाडि बढने प्रतिबद्धता व्यक्त गरेका थिए भने कार्यक्रमका सभापती एवम सघका अध्यक्ष केशव प्रसाईंले सघको गतिविधि तथा भावी कार्यक्रम प्रस्तुत गरेका थिए।