२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आयाम कन्टिनेन्टलले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर

आयाम कन्टिनेन्टलले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर

पोखरा । फोर्स मोटर्सको आधिकारिक बिके्रता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्ना ग्रहाकहरुलाई विक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।

उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष श्री ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ज्यूले संयुक्त रुपमा रिबन काटी उद्धघाटन गर्नु भएको थियो ।

यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । फोर्सका ग्रहाकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उदेश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टल प्राÞ.लि.का प्रबन्ध निर्देशक निरन के.सी ले जानकारी दिनु भयो ।

बिगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्राÞ.लि.ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री बितरण गर्दै आइरहेको छ । साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् ।

काठमाण्डौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आयाम इन्टरकन्टिनेन्टल प्राÞ.लि.ले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समय अघि मात्रै गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij