२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नाट्टाले सम्पन्न गर्यो कार्यस्थलमा आधारित १ महिने तालिम

नाट्टाले सम्पन्न गर्यो कार्यस्थलमा आधारित १ महिने तालिम

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित पर्यटन व्यवसाय पुन सूचारु हुने तरखर गरिरहेको सन्दर्भमा नेपालको पर्यटन व्यवसाय पुन संचालन गर्न दक्ष जनशक्ति उत्पादन गर्न अत्यन्त जरुरी भएको महसुस गरि अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)द्वारा बेरोजगार युवालाई रोजगारी सृजना गर्ने उद्देश्यका साथ संन्चालन गरिएको “कार्यस्थलमा आधारित १ महिने तालिम कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त तालिम कार्यक्रमहरुमा “एअरलाइन्स टिकेटिङ्ग” र “टूर प्रडक्ट डेभलपमेन्ट” तालिमहरु सम्पन्न भएको थियो । यि तालिम कार्यक्रमहरुबाट जम्मा ३० जना प्रशिक्षार्थीहरु लाभान्वित भएको र पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पुरा गरि पर्यटन व्यवसाय पुन सुचारु हुन मद्दत पुग्ने विश्वास लिइएको छ ।

तालिम कार्यक्रममा सहभागी भई तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्री अंजन श्रेष्ठ प्रमुख अतिथि, तथा अंतराष्ट्रिय श्रम संगठनका राष्ट्रिय संयोजक श्री सौरभ राम जोशी विशेष अतिथि रहनु भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघमा भएको समापन समारोहमा प्रमुख अथिति, बिषेश अतिथि तथा नाट्टा अध्यक्षबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो सो अवसरमा उक्त तालिम आयोजना हुने तालिम कार्यक्रमहरुबाट रोजगारीको सिर्जना हुनुको साथै कामको खोजीका लागि विदेश जाने यूवाहरुलाई यस कार्यक्रमबाट केहि राहत पुग्ने पनि विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij