२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

म्याच फिक्सिङबारे सीआईबीले थाल्यो छानबिन

म्याच फिक्सिङबारे सीआईबीले थाल्यो छानबिन

काठमाण्डौ । नेपाल टी२० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ।

मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो। तर ती सोधपुछ गरिएका व्यक्तिबारे भने सीआईबीका प्रवक्ता एसपी कमल थापाले बताउन चाहेनन्। सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो।

सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा मंगलबार घटना सार्वजनिक भएको हो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij