२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

असार मसान्तसम्म बजेट पास गरेमा स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा असर नपर्ने

असार मसान्तसम्म बजेट पास गरेमा स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा असर नपर्ने

काठमाण्डौ । अब प्रत्येक वर्षको १० असारमै बजेट ल्याउन नसकेपनि असार मसान्तसम्म बजेट पास गरेमा स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा कुनै असर नपर्ने भएको छ । अन्तर सरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले १० असारमा सम्बन्धित तहको गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने प्रावधान छ ।

यस्तो बजेट असार मसान्त भित्र पास गरिसक्नु पर्छ । १ साउनबाट बजेट कार्यान्वयन सुरु हुन्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मूल्यांकन गरी प्राप्त नतिजाका आधारमा संघीय सञ्चित कोष र प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको सिफारिस गर्छ ।

यसरी सिफारिस गर्दा यसअघि १० असारभित्र बजेट नल्याए अंक नपाउने स्थिति थियो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि २०७८ लाई संशोधन गरी १० असारको बाध्यतात्मक प्रावधानलाई मूल्यांकनका दौरान कसिलो नबनाउने निर्णय गरेको हो । तर, आयोगले असार मसान्तभित्र बजेट पास गरिसक्नु पर्ने प्रावधानलाई भने चलाएको छैन ।

यसले १० असार लगत्तै बजेट ल्याउने स्थानीय सरकारको मूल्यांकन प्रभावित बनेसँगै आयोगले यस्तो प्रावधान ल्याएको आयोगका एक अधिकारीले बताए । ‘ आयोगको ६ पुसको निर्णयअनुसार कार्यविधि संशोधन गरेको हो । आयोगले स्थानीय तहले गर्ने कामलाई मूल्यांनको आधार बनाएर सूचकहरु बनाएको छ । त्यसमध्ये एक आधार बजेट ल्याउने मिति र पास गर्ने समय समेत हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij