२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यसकारण सहकारी बैंकको सञ्चालक बन्न चाहन्छन् मनोज भण्डारी

यसकारण सहकारी बैंकको सञ्चालक बन्न चाहन्छन् मनोज भण्डारी

काठमाडौं । कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं जिल्ला सहकारी संघ काठमाडौंका वर्तमान महासचिव मनोज भण्डारीले यही पुष १६ मा हुन गइरहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचनमा सञ्चालक पदको लागि उम्मेदवारी दिएका छन् ।

विगत २५ बर्ष देखि सहकारी क्षेत्रमा क्रियाशिल रहँदै आएका अनुभवी सहकारीकर्मी भण्डारी विगत १० बर्ष देखि राष्ट्रिय सहकारी बैंक गोंगबु शाखा संयोजकको रुपमा समेत क्रियाशिल रहँदै व्यक्ति हुन् ।

सहकारी क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका उनी सहकारीको गुणात्मक विकासमा जोड दिँदै आएका व्यक्ति हुन् ।

सबै व्यक्तिहरुलाई उचित तवरले व्यवहार गर्न सक्ने र सकारात्मक सोचबाट अभिप्रेरित भण्डारी सहकारी बैंकको गरिमालाई नयाँ उचाईमा पु¥याउनको लागि आफ्नो सञ्चालक पदको विजय महत्वपूर्ण हुने दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij