नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै बधाई दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ, “नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई छ ! भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij