२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

खाद्यान्न आयातमा कमी

खाद्यान्न आयातमा कमी

प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।

 

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ ।

गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो । चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij