
जे जति जेबाट सिक्छौँ, सिक्दै हुन्छ, जीवन सुरु ।
पृथ्वीमा पाइने वस्तु, हाम्रा त गुरु नै गुरु ।।१।।
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवाे महेश्वर
संसारमा जे जति छन् ती हुन् है सब इश्वर ।।२।।
माता हुन् मायाकी खानी उनैबाट भयो सुरु
जन्म दिई तातेताते बुबा आमा ठूला गुरु ।।३।।
अक्षर चिनी संसार हेर्ने सपना जब भो सुरु
पढाएर उपदेश दिइ सही बाटो लाउने गुरु ॥४॥
जन्मेकै दिन खाना खाई जीवन हाम्रो भयो सुरु
अमृतरूपी अन्न दिने, किसान झन् ठूला गुरु ॥५॥
पढ्दा स्कुल कलेजमा सिकाउने ती साथीहरु
असल सङ्गतमा लाउने तिनै हुन् असली गुरु ||६।।
परिश्रममा नथाक्ने ती कमिला र माहुरीहरु
अल्छी मानिसलाई ठाउँमा ल्याउने यिनै हुन् गुरु ।|७|।
उडी आकाशमा बोल्छन् चिरबिर चरीहरु
मन ठाउँमा ल्याइदिने न्याउली र कोइली गुरु ।।८।।
पति पत्नी एक अर्कामा गन्थना घरमै सुरु
असल पति र पत्नी त अझ कति ठूला गुरु ।।९।।
जागिर दिन्छन् मालिकले हात मुख जोर्न भो सुरु
घुम्ने चर्खा मेसिनहरु हेर्नोस् है हाम्रा हुन् गुरु ।।१०।।
सबैको सोझो सम्झेर इमान्दारी बनौं अरु
पलपलमा झस्काउने जे जति छन् सबै गुरु ।।११।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij