२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विपक्षी गठबन्धनले देउवा निवासबाट सरकारलाई दियो यस्तो चेतावनी (संयुक्त विज्ञप्ति सहित)

विपक्षी गठबन्धनले देउवा निवासबाट सरकारलाई दियो यस्तो चेतावनी (संयुक्त विज्ञप्ति सहित)

विपक्षी गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेका छ ।

आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।

विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ । संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा गठबन्धनले विश्वस्त व्यक्त गरेको छ । संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij