२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बाग्मती प्रदेशमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु, काठमाडाैंबाट १७

बाग्मती प्रदेशमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु, काठमाडाैंबाट १७

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार काठमाडौंका १३ जना पुरुष र ४ जना महिला गरी कुल १७ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
त्यस्तै ललितपुरका ६ जना र भक्तपुरमा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रलायले जनाएको छ ।

त्यस्तै काभ्रेका ५ जना, नुवाकोटका ३ जना, धादिङ र दोलखा र रामेछापमा २÷२ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरु ३६ देखि ९२ वर्ष उमेर समूहका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij