काठमाडौं । कोभिड–१९ का कारण विश्वभरको अर्थतन्त्र प्रभावित छ । यसको प्रभावबाट नेपाल पनि अछुतो छैन । कोभिड १९ कै कारण गरिएको लकडाउनले आर्थिक गतिविधि ठप्प प्राय भए ।
सरकारले लकडाउनकै अवधिलाई पनि निर्माण तथा पुर्ननिर्माणको काम गर्ने नीति लिए सगै नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर पार्किङ बनाउने कार्य तिब्र रुपले भए सँगै माटो फिलिङ गर्ने काम भईरहेको छ ।
विमानस्थलको एयर पार्किङ निमार्ण तथा माटो फिलिङ गर्ने कार्य बिरुभाई कन्ट्रक्सन कम्पनि प्रा लीले गदै आइरहेको छ । कोरोना माहामारीमा पनि कम्पनिले अनुमानित १००जना मानिसलाई रोजगारी दिदै विमानस्थलको एयर पार्किङ निमार्णको काम तिब्र गतिमा संचालन गरिरहेको छ ।
बिरुभाई कन्ट्रक्सन कम्पनि प्रा लीले स्थापनाको ५ वर्षमा निर्माण सम्वन्धि विभिन्न कार्यहरु गदै आइरहेको छ । कम्पनीका सन्चालक बिरेन्द्र खत्री सिन्धुपाल्चोक जिल्लामा जन्मेर धेरै दुःख मिहेनत गरेर आज उनी बिरुभाई कम्पनीका सन्चालक बन्न सफल भएका छन् । उनी कम्पनी सङ्गै समाजसेवामा पनि एकदम रुचि राख्ने व्यक्ति हुन् । विरेन्द्रले धेरै मानिसको चुलो बाल्दिने काम गरेका छन् ।
नेपालमा धेरै व्यक्ती कमाउने र आफु मात्र रमाउन चाहने अवस्था रहेकाेमा त्यसलाइ चुनौती दिँदै उनले समाजसेवाको काम र कम्पनीलाई सँगसँगै गाडी बढाएका छन् ।
बिरेन्द्र खत्रीले यस कम्पनीमा करिब २०० देखि ३०० जना मानिसलाई रोजगार दिनुभएको छ । उनका हितेसि साथि तथा यसै कम्पनीका एम.डी अरुण खड्का पनि निक मिहेनती रहेका छन । यस कम्पनी माथी र राम्रा काम गर्न सफलमा एम डि अरुणको ठुलो हात रहेको पाईयो ।
सन्चालक बिरेन्द्रका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन सफल हुनुभएको छ । बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा लीको अफिस सिनामङ्गल र यस बिरुभाई प्रा ली ले शाखा समेत बनाउन सफल भएको छ ।
एमडि अरुण खड्का अनुसार कम्पनीको कामले गर्दा एयरपोर्ट जस्ता ठुल्ला प्रोजेक्ट पाउन सक्नु ठूलाे उपलब्धि हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij