२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गुल्मीमा स्वास्थ्य बिमा गराउनेकाे सङ्ख्या १७ हजार पुग्याे

गुल्मीमा स्वास्थ्य बिमा गराउनेकाे सङ्ख्या १७ हजार पुग्याे

गुल्मी । गुल्मीमा स्वस्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको एक वर्षमा यो कार्यक्रम प्रभावकारी भन्दै गएको हो । सरकारी अस्पतालमा उपचारमा कमै जानेहरु पनि स्वास्थ्य बिमा दाबिका लागि सरकारी अस्पतालमा जाने गरेका छन् ।

कोरोना महामारीको बीच पनि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लामा एक वर्षको अवधिमा १७ हजार परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्रबहादुर बिष्टले बताए ।

स्वास्थ्य बिमा गर्न १ देखि ५ जना सम्मकाे परिवारको लागि ३५ सय लाग्छ । ५ जनाको परिवार संख्याभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सय लाग्ने स्वास्थ्य बिमा कार्यालय गुल्मीले जनाएको छ ।

स्वास्थ्य बिमा लागू भएपछि गुल्मी अस्पतालमा सेवाग्राही को चाम लाग्ने गरेको गुल्मी अस्पतालमा सुपरिटेण्डेन्ट डा.उत्तम पच्याले बताए । दीर्घ रोगीका बिरामी दम, मधुमेह, लगाएका बिरामीलाई बिमाले सहज बनाएको डा. पच्याको भनाइ छ ।

स्वास्थ्य बिमा कार्यक्रम आएपछि राम्रो र सहज भएको सेवाग्राहीको भनाइ छ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न बिमा कार्यक्रम ल्याएको हो ।

आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij