२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विद्युतीय प्रणालीमार्फत महानगरकाे राजस्व सङ्कलन गरिने

विद्युतीय प्रणालीमार्फत महानगरकाे राजस्व सङ्कलन गरिने

काठमाडौँ- काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ।
असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन सुरु गर्ने महानगरपालिकाले बताएको छ।
विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा महानगरकाे छ ।
असोज एक गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा विद्युतीय कर भुक्तानी कार्य  सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गर्दै लैजाने महानगरकाे याेजना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij