२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एकै दिन ११ सरकारी वकिल कार्यालयको उद्घाटन

एकै दिन ११ सरकारी वकिल कार्यालयको उद्घाटन

काठमाडौँ – महान्यायाधीवक्ता कार्यालयले ११ वटा सरकारी वकिलको कार्यालयमने आइतबार एकै दिन उद्घाटन गरेको छ।

कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने अहिलको अवस्थालाई मध्यनगर गरेर जुममार्फत एकै पटकै ११ सरकारी वकिल कार्यालयको महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरेका हुन्।

उच्च सरकारी वकील कार्यालय पोखरा, जिल्ला सरकारी वकील कार्यावलयहरु भोजपुर, महोत्तरी, धनुषा, सिरहा, बर्दिया, सल्यान, हुम्लाको उद्घाटन गरिएको हो।

त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयहरु कैलाली, डडेल्धुरा, र दार्चुलाको पनि उद्घाटन भएको माहान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले जानकारी दिए।

आइतबार उद्घाटन भएका मध्ये अधिकांश कार्यालयको निर्माण साढे दुई वर्ष पहिले सुरु गरिएको महान्यायाधीवक्ता कार्यालयले जनाएको छ।

 

यसै आर्थिक वर्षमा थप ८ वटा सरकारी वकिल कार्यालयको भवन पनि निर्माण पूरा हुनेछ। हालसम्म ५० वकिल कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भइसकेका छन्।

कार्यक्रममा महान्यायाधिवक्ता खरेलज्यूले अप्ठ्याराका बीचमा पनि सरकारी वकिल कार्यालयको निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकील कार्यालयको संस्थागत सुदृढीकरण गर्ने सन्दर्भमा यो आर्थिक वर्षको शुरुवातमै विभिन्न ११ वटा सरकारी वकिल कार्यालयको भवन उद्घाटन भएको छ।’

दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले तय गरेअनुरूप संस्थागत सुधार अन्तर्गत सरकारी वकिललाई भौतिक संरचनामा पनि अब्बल बनाउने उद्देश्यले अघि बढेको खरेलको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष वरिष्ठतम् नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले विश्व कोभिड १९ को महामारीमा परेको समयमा महान्यायधिवक्ताको कार्यालयले अनलाईनमार्फत विभिन्न ११ वटा सरकारी वकील कार्यालयको भवन उद्घाटन हुनु ऐतिहासिक कार्य भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij