२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।

राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । सेनाले शव बाहन ,बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने जनाएको छ ।

नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको थियो ।

वि. सं.१९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका छन् । उनले नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij