
काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनको अवधिमा करिब २२.५ प्रतिशत कर्मचारीले आफ्नो रोजगारी गुमाएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव आँकलन तथा लकडाउनका कारण उद्योग र व्यवसायमा देखिएको असरसम्बन्धी सर्वेक्षण प्रतिवेदनले रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार रहेको देखाएको छ ।
लकडाउन अवधिमा घरेलु उद्योग र लघु उद्यम र साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी र कामदार कटौती गरेको पाइएको छ। रोजगारी गुमाउनेमध्ये ५८.२ प्रतिशत अस्थायी कामदार छन् । लकडाउनको अवधिमा उद्योगरव्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ।
तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन्। यस्तै, ठूला उद्योगरव्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ।
जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६ सय ७४ उद्योगीरव्यवसायीको सहभागिता थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij