२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आजबाट सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा, सर्वसाधारणलाई ५० प्रतिशत छुट

आजबाट सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा, सर्वसाधारणलाई ५० प्रतिशत छुट


काठमाडौं । सरकारले आजबाट राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा निशुल्क गर्ने भएको छ । बीमा समितिले कोरोना भाइरस बीमामा छुट दिने कार्यविधि लागु गरेसँगै राष्ट्र सेवक कर्मचारीहरुको निशुल्क कोरोना बीमा हुने भएको हो ।

सरकारले बजेट मार्फत सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुको एक लाख बराबरको कोरोना बीमा गरिदिने बताएको थियो । बीमा समितिले कोरोना भाइरस बीमामा छुट दिने कार्यविधि अर्थमन्त्रालयबाट स्वीकृत भएसँगै आजबाट लागु गरिएको हो ।

सरकारले निजामति कर्मचारी, नेपाली सेना र प्रहरी लगायतको निःशुल्क कोरोना बीमा गरिदिन लागेको हो । त्यसै गरी कार्यविधि लागु भएसँगै सर्वसाधारणहरुले पनि कोरोना बीमा गर्दा ५० प्रतिशत छुट पाउने छन् । ५० प्रतिशत रकम सरकारले अनुदान दिने भएपछि सर्बसाधारणले अहिलेकोको भन्दा आधा रकम मै कोरोना बीमा गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij