२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थपिए ३ सय १५ जना कोरोना संक्रमित

थपिए ३ सय १५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काेराेना संक्रमण पुष्टि हुनेहरुकाे सङ्ख्या ३ सय १५ रहेकाे छ ।

यससँगै  कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा ३ सय १५ मा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे समय काेराेना पुष्टि हुनेहरुमा सबैभन्दा धेरै कैलालीका छन् । जहाँका ९८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

यसैगरी बझाङमा ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना, सप्तरीका ७ जना, काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij