काठमाडौँ । आफ्नो हक अधिकार खोसेको भन्दै समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफुमाथि अन्याय गरेकाे भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् ।
गिरीको रिट निवेदनमा दलसम्बन्धि कानुनमा केन्द्रीय कमिटीले मात्रै सांसद फिर्ता लिने अधिकार रहेकेामा पुनः सुनुवाइको मौका नदिइकन पद खारेज गरिदिएको भन्दै केन्द्रीय समिति बैठक नबसिकन गरिएको निर्णय मान्य नहुनेउल्लेख रहेकेा सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।
उनले संविधान संशोधन विधेयकमा आफूले राखेको संशोधन प्रस्ताव फिर्ता लिने समय हुँदाहुँदै पनि आफूलाई संसदमा बोल्न नदिएको दाबी गरेकी छन् । रिट निवेदनमा प्रतिनिधिसभा, संघीय संसद सचिवालय, सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, निर्वाचन आयोग, तत्कालिन समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, तत्कालिन समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरिया, समाजवादीको छानबिन कमिटी संयोजक रामसहायप्रसाद यादव, गिरीको सट्टामा सांसद बन्ने समानुपातिक सूचीमा रहेकी लिला सिटौलालाई विपक्षी बनाइएकाे छ।
गिरिलाइ समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट असार २५ गते बिहीबार निष्कासन गरिएकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij