काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका ललितपुरका सात जनामध्ये २ जना स्वास्थ्यकर्मी भएको पाइएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले संक्रमितहरुलाई आइसोलेसनमा राखिएको जानकारी दिए।
संक्रमितमध्ये अधिकांश ललितपुर महानगरपालिका निवासी छन्। लुभुकी २३ वर्षीया महिला, सातदोबाटोकी ३४ वर्षीया महिला, नख्खीपोटकी ३३ वर्षीया महिला र हात्तीबनकी २४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको गेलालले जानकारी दिए।
यीमध्ये स्वास्थ्यकर्मी रहेको बताएपनि उनले कुन ठाउँको भने बताउन चाहेनन् । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij