मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अाजकाे दिन सातौं स्थानमा चन्द्रमा रहेका छन्। अाज बोल्दा ख्याल गरेर बोल्नुहोला हजुरको प्रतिद्वन्द्वीले अर्थलाइ अनर्थ बनाउनेछन्।अाज अाफुभन्दा ठुलासंग सम्बन्ध बिग्रन सक्छ बिशेष ख्याल राख्नु होला। दैनिकी सरल अनि सरस तरिकाले चल्नेछ।व्यापार वृद्धि हुनेछ।अार्थिक स्थिति सबल बन्नेछ। बिद्यार्थीकाे लागि अाजकाे दिन राम्रो रहेको छ।स्वास्थ्य ठिकै रहनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। अाफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अाजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेका छन्।आजको दिन दाजु दिदीको सहयोग मिल्नेछ। परिवारमा सुख शान्ति हुनेछ। सकारात्मकता बढ्नेछ व्यबहारमा सुधार ल्याउनुहोस ताकि कसैलाई नराम्रो नलागोस लडाइँ झगडाको योग बाट बच्नको लागि।बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा कडा मिहिनेतले मात्र वृद्धि हुनेछ।भुमि र घरको चिन्ताले सताउने छ। स्वास्थ्य पनि राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।अाफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अाज चन्द्रमा नवौं स्थानमा रहेकाे छ ।अाज हजुरको योजना सफल हुनेछन्राजनीति कर्मीको लागि फाइदाको दिन छ।अाज साथिभाइ र सन्तानको सहयोग मिल्नेछ। पुरानो फसेको रोकिएको धन पनि प्राप्त हुनेछ।विद्यार्थीको लागि अाजको दिन राम्रो रहनेछ।मेहनत को फल अवश्य मिल्नेछ। स्वास्थ्य अाज ठिकै रहने छ।दाम्पत्य जीवन सुखमय हुनेछ। व्यापार तथा लगानीमा धन लाभ हुने योग छ विशेष ख्याल राख्नुहोला।आज खर्चमा वृद्धि हुनेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।अाफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अाजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेको छ। अाजको दिन कार्य क्षेत्रमा सफलता मिलनेछ।प्रोत्साहन मिल्नेछ। प्रतिद्वन्द्वी परास्त हुनेछन्।आज घरायसी काममा ब्यस्त होइन्छ।बोल्दा धैर्य र संयमका साथ सोचे सम्झेर बोल्नु होला नत्र हजुरका प्रतिद्वन्द्वी त्यसैमाथि टेकेर अगाडि बढ्नेछन्। बिद्यार्थीको लागि अाजकाे दिन राम्रो रहने छ।व्यापारमा सोचेअनुरुप प्रतिफल नमिल्न सक्छ। स्वास्थ राम्रो रहेको छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।अाफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अाजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेको छ।।अाजको दिन मिहिनेतको फल मिल्नेछ।अाज आत्मविश्वासमा वृद्धि हुनेछ।अाज नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ। अाज कसैसँग मनमुटाव हुनेछ जस्ले गर्दा चिन्ता बढनेछ।पारिवारिक समस्या पर्न सक्छ।बिद्यार्थीकाे लागि अाज सफलताको योग बनेको छ।व्यापारमा लगानीको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन सुमधुर रहनेछ।शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।अाज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अाज चन्द्रमा बाह्रौं स्थानमा रहेको छ। आजको दिन सामाजिक कार्यमा मन लाग्नेछ। अाजको दिन मान्यजनसंगको सम्बन्ध बिग्रन सक्छ।अाज आय संगसंगै व्ययमा पनि वृद्धि हुनेछ। सन्तानको तर्फबाट खुसि मिल्नेछ। अात्मविश्वासमा वृद्धि हुनेछ। परिवारमा सकारात्मकता बनिरहने छ। व्यापार हानि हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।अाज मिष्ठान भोजनको योग छ।।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।अाफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अाजको दिन पहिलो स्थानमा चन्द्रमा रहेकाे छ।अाजको दिन साथिभाइ आफ्न्तको सहयोग मिल्नेछ।पहिले गरेको कामको प्रतिफल आज मिल्नेछ।व्यापारमा लाभ हुनेछ। भाग्यको साथ मिल्नेछ।अाज यात्राको योग पनि रहेको छ। बिद्यार्थीको लागि राम्रो छ।स्वास्थ्यको स्थिति सामान्य रहनेछ । प्रेम तथा दाम्पत्य हिसाबले दिन राम्रो छ।सम्बन्धको सुरुवात पनि हुनसक्छ ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अाजको दिन दोस्रो स्थानमा चन्द्रमा रहेको छ।अाजको दिन सहयोगी हातको सहयोग मिल्नेछ ।आत्मविश्वास संगसंगै नकारात्मक विचार पनि हावि हुनेछ।साना तिना समस्या आइरहने छन्।अाजको दिन भाइबहिनीको सहयोग मिल्नेछ।अाफ्नो काम प्रतिको लगावले ठुलै सफलता मिल्नेछ।अाज व्यापारमा अाय भन्दा व्यय ज्यादा हुनेछ।मान्य ब्यक्तिको सहयोग मिल्नेछ। बिद्यार्थीकाे लागि अाजको दिन राम्रो छ।स्वास्थ्यको हिसाबले अाजको दिन ठिकै रहेको छ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।अाजकाे दिन शुभ हाेस ।अाफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
अाज तेस्रो स्थानमा चन्द्रमा रहेको छ।अाज कामकाजमा सफलता मिल्नेछ।अाजको दिन सामाजिक कार्यमा मन जानेछ।नयाँ नयाँ बिचार आउनेछन्।अाज स्वादिष्ट भोजन मिल्नेछ र धार्मिक यात्रा पनि हुनेछ। बिद्यार्थीकाे लागि ठिकै छ। व्यापारमा मध्यम हुनेछ नोकरी गर्नेलाई भने राम्रो छ। परिवारसंग खट्पट् हुन सक्छ।सम्हालेर व्यबहार गर्नुहोला।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। अाजकाे दिन शुभ हाेस ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अाज चन्द्रमा चौथो स्थानमा रहेको छ।अाजको दिन आफ्नो कामको बोझ अरुलाइ नदिनु होला। अाज मानसम्मानमा वृद्धि हुनेछ।अाज व्यापारमा वृद्धि हुनेछ।अाज मिडियाकर्मीको लागि राम्रो रहेको छ। बिद्यार्थीकाे लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ।प्रेम र दाम्पत्य जीवन राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।अाफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अाज चन्द्रमा पाँचौं स्थानमा रहेकाे छ।अाजको दिन निजी तथा कामकाजी जीवनमा सफलताको सिढी सहजै चढिने छ।अाजको दिन हजुरको ब्यबहारमा सकारात्मक बदलाव अाउने छ। अाज सन्तानको चिन्ता रहनेछ।मानसम्मानमा वृद्धि हुनेछ।अात्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि ठिकै छ।चन्चलतामा वृद्धि हुनेछ। व्यापारमा राम्रो हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।मीठो बोली बोल्नुहोला बोलिमा संयम राख्नुहोला।वादविवादमा पछि हटेको राम्रो हुनेछ।प्रेम र दामप्त्य जीवन सामान्य रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । अाफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।अाजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)द
अाजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेको छ ।अाजको दिन कार्य बोझ धेरै रहनेछ।कार्य क्षेत्र परिवर्तनमा मन जानेछ। सहयोगी मन बनाएमा सहयोगी हात फेला पर्ने छन् जस्ले हजुरलाई पनि अायामिक उन्नति दिलाउने छ।अाज अायमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।तर बोलिमा ख्याल गर्नुहोला बनेको काम पनि बिग्रन सक्छ। पारिवारिक प्रतिष्ठामा वृद्धि अाउने छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।अाफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।अाफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे अाजकाे दिन जीवनकाे हरेक पक्ष अनि अायामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना अाउन ।जय शम्भु ।।
सद्मार्ग र सदाचार जीवन जीउने अाधार