२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नवनियुक्त अध्यक्षलाई चलचित्र संरक्षण मञ्चले बुझायो ज्ञापनपत्र

नवनियुक्त अध्यक्षलाई चलचित्र संरक्षण मञ्चले बुझायो ज्ञापनपत्र

चलचित्र संरक्षण मञ्च नेपालमा विगत लामो समय देखि नेपाली चलचित्र क्षेत्रँंग सम्बन्धित विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा देखा परेका विकृति विसंगतिको विरुद्ध आवाज बुलन्द पार्दै व्यावसायिक र क्षेत्रगत हकहितको लागि काम गरिरहँदा यस संस्थाले विभिन्न वाधाअवरोध र जोखिमहरु समेत वहन गर्नुपरेको छ । साथै ती समस्याहरु चलचित्र विकास वोर्ड रजि.प्र.का.को सहयोगमा निरन्तरको छलफलबाट त्यस्ता चुनौतीहरुलाई संस्थागत तवरबाटै समाधान गरिँदै आइएको छ । नेपाली चलचित्र क्षेत्रमा आगामी दिनमा समेत थुप्रै समस्याहरु रहेको र ती समस्याहरु समाधानको लागि अभिभावकीय भुमिका दिभाइदिन मञ्चले चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्षलाई आग्रह सहित ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा संस्थाका अध्यक्ष रोजन रखाल र महासचिव विश्वदीप घिमिरेको हस्ताक्षर रहेको छ ।

विगतमा वोर्डको समन्वयमा आदीवासी जनजाती एवं भाषाभाषीका चलचित्रहरु र केही त्यस्ता नेपाली चलचित्रहरु कानुनी रुपमा दर्ता भएका र सेन्सर प्रकृयामा समेत आउन सफल हुनुमा चलचित्र संरक्षण मञ्चको समेत महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा समेत नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती, विकृति एवं विसंगतिहरु सम्बन्धित निकाय, चलचित्र विकास वोर्ड र चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको आपसी वहस एवं छलफलबाट हल गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष स्व. श्री केसव भट्टराइज्यूको असामयिक निधनले यतिबेला नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको र लामो समय सम्म समग्र चलचित्र क्षेत्रका अभिभावक बन्नुभएका भट्टटाईको देहावसानले चलचित्र क्षेत्र नै अभिभावकविहीन बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि पुनः चलचित्र विकास वोर्डले चलचित्र क्षेत्रलाई नजिकबाट राम्ररी वुभ्mनुभएका अनुभवी र दिग्गज व्यक्ति दयाराम दाहाललाई अभिभावकको रुपमा पाउन सकेकोमा खुसी व्यक्त गर्दै उहाँको सफल कार्यकालको लागि वधाई तथा शुभकामना समेत प्रकट गरिएको छ ।

साथै नवनियुक्त अध्यक्षको कार्यकालमा यस क्षेत्रका समस्याहरु नीतिगत रुपमा हल गरिनेमा समेत संस्था अपेक्षारत रहेको उल्लेख गर्दै १० बुँदै ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । उक्त ज्ञापनपत्र चलचित्र संरक्षण मञ्चका महासचिव विश्वदीप घिमिरेले वाचन गरेर सुनाउनुभएको थियो ।

यस्ता छन् ज्ञापनपत्रका बुँदाहरुः
१. विदेशी चलचित्रको अतिक्रमणबाट नेपाली चलचित्र क्षेत्रलाई मुक्त गराइयोस् ।
२. प्रतिष्पर्धाको विश्व चलचित्र बजारमा स्वदेशी चलचित्रलाइ राज्यद्वारा संरक्षण र बजार प्रवद्र्धनको लागि उचित व्यवस्था मिलाईयोस् ।
३. चलचित्र आफैंमा एउटा उद्योग हो । जुन क्षेत्रमा वार्षिक रुपमा अरवौं रकम लगानी हुने गर्दछ तर विभिन्न वहानामा राज्यद्वारा उपेक्षित वन्नपुगेको यो क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरी चलचित्रमा उद्योग नीति लागु गरियोस् ।
४. चलचित्र आफैं एउटा सूचक हो भन्ने कुराको पहिचान र उचित मूल्यांकन गरी राज्यको चौथो अङ्गको रुपमा मान्यता दिइयोस् ।
५. स्वदेशी भाषा संस्कृती र पहिचानलाई विश्व सामु पुर्याउने एक मात्र माध्यम चलचित्र माध्यम नै हो, जसलाई राज्यले उचित पहिचान गरी अन्तर्राष्ट्रिय वजार प्रबन्ध मिलाइयोस् ।
६. स्वदेशी भाषा, संस्कृती, राष्ट्रिय पहिचान र गौरवको विषय भएको हुँदा यसको संरक्षण र विकासको निम्ति भाषिक चलचित्रको उचित वजार व्यवस्थापन र प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् ।
७. देश र समाज प्रति चलचित्र क्षेत्रले पुर्याएको योगदानको उच्च कदर गर्दै राज्यद्वारा पहिचान भएका सबै चलचित्रकर्मीहरुलाई सम्मान स्वरुप उचित भत्ताको व्यवस्था गरियोस् ।
८. आर्थिक अनियमितता र अपारदर्शिताको कारण समग्र चलचित्र क्षेत्र धराशयी बन्दै गएको र अन्ततः बन्द हुने स्थितिमा पुगेकोले स्वयम राज्यद्वारा वक्स अफिस लागु गरियोस् ।
९. कोभीड १९ (कोरोनाभाईरस)को महामारीलाई मध्यनजर गर्दै सजकताका साथ चलचित्र निर्माण कार्यलाई सुचारु गर्ने व्यवस्था मिलाइयोस् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij