२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

१८ लाख रुपैयासहित तीनजना पक्राउ

१८ लाख रुपैयासहित तीनजना पक्राउ

जनकपुरधाम-महोत्तरीमा १८ लाख अवैध रकमसहित तीनजना पक्राउ परेका छन्। महोत्तरीको मनरासिस्वा नगरपालिका वडा न. २ भलुई चोकस्थितबाट तीनै जनालाई १८ लाख रुपैया सहित नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

शनिवार प्रदेश प्रहरीबाट खटेको टोलीले जलेश्वरबाट सम्सी तर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ का १९ वर्षीय रोहित कुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जय कुमार साहलाई ५ लाख ५० हजार र प्र-२–०३–००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय संजय कुमार साहलाई ३ लाख ५० हजार रुपैया गरी कुल १८ लाख रुपैया सहित नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई रुपैया र सवारी साधनसहित नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij